पोखरामा जारी भेट्रान बास्केटबलको सेमिफाइनलमा आयोजक र कृतिपुर भिड्ने

पोखरा न्युज – ०४ फागुन । 

कास्की जिल्ला बास्केटबल संघको आयोजना तथा बतास व्रदर्शद्वारा प्रायोजित टिभिएस आरटिआर दोश्रो राष्ट्रिय भेट्रान बास्केटबल प्रतियोगिताको शनिबार हुने पहिलो सेमिफाइनलमा आयोजक कास्कीले कृतिपुर भेट्रान संग भेट पक्का गरेको छ ।

पुन समाज क्लबले शुक्रबारको एक खेलमा आयोजकलाई वाक ओभर दिए पछि आयोजक सेमी फाइनलमा प्रवेश गरेको हो । यसै गरि दोश्रो सेमीफाइनल खेल काठमाडौको ठमेल र पश्चिमाञ्चल एक्स आर्मीका विच हुने भएको छ ।

शुक्रबार सम्पन्न खेलमा एक्स एविसीले कास्की जिल्ला बास्केटबल संघलाई ५४–४८ ले, कृतिपुरले पुन समाजलाई ६६–४४ ले, ठमेलले एक्स आर्मीलाई ५१–२५ र कृतिपुरले एक्स एबिसीलाई ६२–४९ को स्कोरले पराजित गरेका थिए ।

शनिवार सेमीफाइनल र फाइनलका खेलहरु संचालन हुने कास्की जिल्ला बास्केटबल संघका अध्यक्ष नेत्र बहादुर सेनले जानकारी दिएका छन । विभिन्न जिल्ला र अयोजक सहित प्रतियोगितामा ८ टिमको सहभागिता रहेको छ । प्रतियोगिताको विजेताले ५५ हजार ५ सय ५५ र उपविजेताले ३३ हजार ३ सय ३३ रुपैयाँ नगदसहित ट्रफी पदक तथा प्रमाणपत्र पाउने प्रतियोगिताका संयोजक नारायण प्रसाद शर्माले जानकारी दिए ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button