प्रदेश ४ लाई समृद्ध प्रदेशका रुपमा विकास गरिने

पोखरा न्युज – ०५ फागुन ।

प्रदेश नं ४ का मुख्यमन्त्री पृथ्बी सुब्बा गुरुङले प्रदेश नं ४ लाई सबैभन्दा समृद्ध प्रदेशका रुपमा विकास गर्दै लगिने बताएका छन् ।

नवलपरासी (बर्दघाट सुस्ता पूर्व) देवचुलीस्थित जनज्योति माध्यमिक विद्यालय प्रगतिनगरको स्वर्ण महोत्सवको उद्घाटन गर्दै उनले प्रदेश नं ४ को मुख्य ‘लाइफ लाइन’का रुपमा नवलपुरलाई विकास गर्दै लगिने र त्रिवेणी धाम हुँदै नवलपुर र नवलपुर हुँदै सिधा पोखरा जोड्ने छिटो र छरितो सडक मार्ग निर्माण गरिने बताए ।

आर्थिक समृद्धि, शिक्षा, पर्यटन, संस्कृति, जलविद्युत्लगायत हरेक क्षेत्रबाट यो प्रदेशलाई अन्य प्रदेशभन्दा प्रभावकारी रुपमा अगाडि रहेको बताउँदै मुख्यमन्त्री गुरुङले अबको पाँच वर्षमा यो प्रदेशलाई नमुना प्रदेशका रुपमा विकास गरिने दाबीसमेत गरे ।

मुख्यमन्त्री गुरुङले औद्योगिक हिसाबले हाम्रो प्रदेश केही पछाडि रहे पनि अबको पाँच वर्षमा नवलपुरसहित तीन स्थानलाई मुख्य औद्योगीक क्षेत्रका रुपमा विकास गर्दै लगिने प्रतिबद्धता व्यक्त गरे ।

अहिले सिहंदरबारको अधिकार गाउँगाउँमा पुगेको र संघीय संरचनाअनुसार मुलुकमा धेरै राजनीतिक परिवर्तन भएको बताउँदै मुख्यमन्त्री गुरुङले अबको पाँच वर्षमा ४ नं प्रदेशलाई समृद्धिको पहिलो प्रदेश बनाएर छाड्ने उद्घोष गरे ।

सो अवसरमा जनज्योति माध्यमिक विद्यालयलाई स्थापनाकालदेखि हालसम्म सहयोग पुयाउने स्थानीय ३२ शिक्षा प्रेमीलाई सम्मानसमेत गरिएको थियो ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष श्याम शर्मा भुसालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रदेशसभा सदस्य रोशनबहादुर गाहा, विद्यालयका प्रधानध्यापक कृष्ण बराल, नेपाली काँग्रेसका जिल्ला सचिव बालकृष्ण घिमिरेलगायतले विद्यालयको प्रगतिका लागि शुभकामना व्यक्त गरेका थिए ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button