पोखरा आउन निम्तो बाड्दै पोखराका व्यवासायी बंगाल ट्राभल्स मार्टमा

पोखरा न्युज – ०६ फागुन ।

पोखरामा पर्यटन प्रर्वधन गर्न भारतको सिल्गुरी पुगेका पोखराका पर्यटन व्यवसायीले नेपाल र पोखराका पर्यटकीयस्थलका बारेमा जानकारी दिदै पोखरा आउन निम्तो बाडेका छन् ।

पोखरा, काठमाडौ र पुर्वका पर्यटन व्यावसायी भारतको सिल्गुरीमा सञ्चालन भएको बंगाल ट्राभल्स मार्टमा सहभागी हुदै नेपालका पर्यटकीय स्थलका बारेमा जानकारी दिएका हुन् । उनीहरुले भारत, बंगलादेश, भुटान लगाएतका देशका व्यवसायी मार्फत नेपाल आउने निम्तो बाडे ।

बंगाल मार्टमा पोखराका १६ जना पर्यटन व्यवसायीहरु सहभागी छन् भने नाट्टा पुर्वाञ्चल, काठमाडौबाट मार्टमा सहभागीता जनाएका छन् । विभिन्न देशका पर्यटन व्यासायीहरु सहभागी भएको ट्राभल्स मार्टमा पोखराका होटल, टान, नाट्टा, रेवान लगाएतका संघ संस्थाहरु नेपाल पर्यटन बोर्ड र पोखरा पर्यटन परिषदको संयोजनमा सहभागी भएका हुन् ।

मार्टमा बिटुबि बैठक, प्रत्येक्ष ग्राहक सगँ छलफल भएका कारण पोखराका र नेपालका बारेमा धेरै भन्दा धेरै जानकारी दिन सफल भएको कार्यक्रमका संयोजक तथा टान पश्चिमाञ्चल क्षेत्रिय संघका प्रथम उपाध्यक्ष हरी भुजेलले जानकारी दिए । उनले नेपालका पोखरा र नेपालको प्रचारप्रसारमा मार्टले सहयोगि भएको बताए ।

पोखरा पर्यटन परिषद्का अध्यक्ष केदार शर्माले पोखराको पर्यटन प्रर्बधन गर्न परिषद्ले अघिल्लो वर्षहरु देखि नै विभिन्न प्रर्बधनका कार्यक्रम गर्दै आएको र आगामी दिनमा पनि त्यसलाई निरन्तर गर्ने बताए । उनले पर्यटन विकासका लागि प्रर्बधन नै पहिलो प्रथामीकता रहेको बताए ।

कार्यक्रमका संयोजक तथा टान पश्चिमाञ्चल क्षेत्रिय संघका प्रथम उपाध्यक्ष हरी भुजेलले मार्टमा बंगालका मात्रै नभई भारतका सबै ठाँउका पर्यटन व्यवसायी र अन्य देशका व्यवासायी समेत सहभागी हुने भएका कारण पोखराको पर्यटन प्रर्वधन गर्न सहज हुने बताए । उनले अघिल्लो वर्षमा सहभागी हुदाँको प्रभाव कारीतालाई हेरेर यस वर्ष पनि ट्राभल्स मार्टमा सहभागीता जनाएको उनको भनाई थियो ।

ट्राभल्स मार्टमा सहभागी हुन पोखरा पर्यटन परिषद्का अध्यक्ष केदार शर्मा, कार्यक्रम संयोजक हरी भुजेल, नाट्टा क्षेत्रिय संघका अध्यक्ष सन्तोष पोखरेल, निवर्तमान अध्यष दिल गौतम, महासचिब हरिराम अधिकारी, सदस्य राजेश पहारी, विश्वराज आचार्य, नेपाल हवाई खेलकुद संस्थाका सचिब इन्द्रप्रसाद भण्डारी, रेवानका सचिब गणेश थापा, एगाका सचिब सिताराम भट्ट, मुद्रा सटही संगठनका कोषाध्यक्ष दिपक पौडेल, टान सदस्य मिलन तिवारी, महिला पर्यटन व्यवसाय मञ्चकी सदस्य शारदा भुजेल, पर्यटन यातायात समिति प्रकाश कुमार श्रेष्ठ, होटलका मोहदत्त भुसाल सहभागी भएका छन् ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button