उदयपुरमा पहिलो पटक प्याराग्लाइडिङ

पोखरा न्युज – ०६ फागुन ।

उदयपुर जिल्लाको पूर्वी क्षेत्रको बेलका नगरपालिका–८ स्थित बोपाताङ डाँडा र चम्पाकोट डाँडाबाट सप्तकोशी किनारतर्फ पहिलो परिक्षण स्वरुप पटक प्याराग्लाइडिङ सञ्चालन गरिएको छ ।

बेलका नगरपालिकाअन्तर्गत कोशी टप्पु क्षेत्र र सप्तकोशी क्षेत्रलाई व्यापक रुपमा बोटिङ र प्याराग्लाइडिङको माध्यमबाट पर्यटन विकास गर्ने लक्ष्यका साथ पहिलो पटक प्याराग्लाइडिङ परीक्षण गरिएको बेलका नगरपालिकाका प्रमुख दुर्गाकुमार थापा (स्वस्ती) ले बताएका छन् ।

उनले भने,“बेलका क्षेत्रमा पर्यटन विकासको धेरै सम्भावना छ, कोशी क्षेत्रमा बोटिङ र कोशी वरिपरिको डाँडाबाट प्याराग्लाइडिङका कारण यो नगरले जिल्लाकै पर्यटन विकासमा ठूलो टेवा पुरयाउने भएकाले नगरपालिकाले अहिले प्याराग्लाइडिङ परीक्षण अभियान थालेको हो ।”

प्याराग्लाइडिङ सफल भएकाले यो पेशाबाट वार्षिक यो क्षेत्रमा पचास हजारभन्दा बढी विदेशी पर्यटक भित्र्याउन सकिने नगर प्रमुख थापाको धारणा छ ।

शनिबार समुद्री सतहदेखि झण्डै ६०० मिटरको उचाइमा रहेको बेलकाको बोपाताङ र चम्पाडाँडाबाट आठवटा प्याराग्लाइडिङ उडान गरेर परीक्षण गरिएको थियो ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button