Pokhara News

नमुना आवासीय मावि प्रदेश नं ४ कै उत्कृष्ट विद्यालय

  • 112
    Shares

पोखरा न्युज – १० फागुन ।

पर्वतको कुस्माबजारमा सञ्चालित नमूना आवासीय मावि प्रदेश नं ४ कै उत्कृष्ट विद्यालय घोषित भएको छ ।

शिक्षा मन्त्रालयले गरेको मूल्यांकनमा उत्कृष्ट घोषित नमूना आवासीय माविले रु एक लाख पुरस्कारसमेत जितेको छ । विद्यालय राष्ट्रियस्तरमा दोस्रो हुन सफल भएको छ । “शिक्षा मन्त्रालयको मूल्यांकनका आधारमा हामी प्रदेशमा उत्कृष्ट विद्यालय हुन सफल भएका छौँ,” प्रिन्सिपल इन्द्रमान खत्रीले पत्रकार सम्मेलनमा भने, “यसले विद्यालयलाई अझै उत्कृष्ट बनाउने चुनौती थपिएको छ ।”

मन्त्रालयले गरेको मूल्यांकनमा नमूनाले ८६ दशमलव ९९ अंक ल्याएको छ । मन्त्रालयले तीन शैक्षिक सत्रमा विद्यालयमा विद्यार्थी भर्नादर, उत्तीर्ण दर र विद्यालय छाड्ने दर तथा प्रवेशिका परीक्षामा कम्तीमा ४० विद्यार्थी उत्तीर्ण भएको लगायत मापदण्डका आधारमा मूल्यांकन गर्दै आएको छ ।

नमूना आवासीय मावि २०४५ मा डिमुवाबजारमा स्थापना भएको थियो । विद्यालयलाई सशस्त्र द्वन्द्वका समयमा विस्थापित गरिएपछि सदरमुकाम कुस्मामा सञ्चालन हुँदै आएको छ । विद्यालय २०५६ देखि प्रवेशिका परीक्षामा सामेल भएको छ । विद्यालयबाट अहिलेसम्म ५१३ विद्यार्थी प्रवेशिका परीक्षामा सामेल भएकामा सबै विशिष्ट र प्रथम श्रेणीमा उत्तीर्ण भएका थिए ।

विद्यालयबाट उत्पादित जनशक्तिमध्ये पाँच जनाले विद्यावारिधि, १५ एमबिबिएस, ३४ इञ्निीयर र ११ चार्टर्ड एकाउन्टेन्ट भएकाले विद्यालयको शैक्षिक अवस्थासमेत झल्कने व्यवस्थापन समितिका अध्यक्ष यामप्रसाद शर्माले बताए । “हामीले विद्यालयमा घोकन्ते शिक्षाभन्दा व्यावहारिक शिक्षामा जोड दिएका छौँ”, उनले भने, “कक्षा ११ र १२ मा व्यवस्थापन पढ्ने विद्यार्थीले पनि प्रयोगात्मक शिक्षा पाएका कारण प्रदेशमै उत्कृष्ट उच्च मावि पनि बनेका छौँ ।” विद्यालयकै पहलमा नमूना व्यावसायिक कृषि सहकारीसमेत सञ्चालित छ ।


  • 112
    Shares

अन्य खबर

कास्कीको बाघमाराका किसान तरकारीखेतीतर्फ आकर्षित

रासस

प्राविधिक तथा व्यावसायिक शिक्षा सुधार्न कार्यदल

रासस

म्याग्दीमा स्थानीयले जुटाए विद्यालय भवन निर्माणका लागि रकम

रासस
खुल्दैछ.......