फेसबुकको विवादले काठमाडौंमा विद्यार्थीको ज्यान गयो, ८ जना पक्राउ

पोखरा न्युज – २२ फागुन ।

काठमाडौंको गंगबुस्थित गणेश हिमाल बोडिङ स्कुलमा पढ्ने एक जना विद्यार्थीको साथीहरुबाटै हत्या भएको छ ।

कक्षा १० मा अध्ययरत विद्यार्थी कुमार सूचीकार वर्देवाको हत्या भएको हो । यसअघि २७ माघमा तारकेश्वर नगरपालिका-४, फूलबारीमा उनलार्इ बेहोस अवस्थामा फेला पारिएको थियो ।

लगत्तै, उपचारका लागि वीर अस्पताल लगिए पनि उपचारका क्रममा दुर्इ दिनपछि मृत्यु भएको थियो । उनको हत्या आरोपमा ८ जना विद्यार्थी पक्राउ परेको काठमाडौं प्रहरी परिसरले जनाएको छ ।

प्रहरी स्रोतका अनुसार विद्यार्थीले बनाएको फेसबुक ग्रुपको विषयलाई लिएर विवाद बढ्दै जाँदा उनकै साथीहरुले वर्देवाले कटपिट गरेर हत्या गरेका हुन् । थप अनुसन्धान भइरहेको छ ।

स्रोत : अनलाइनखबर 

 

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button