सिन्धुलीमा बजारदेखि गाउँसम्म हात्ती आतंक

पोखरा न्युज – २५ फागुन ।

सिन्धुलीमा झण्डै एक महिनादेखि जंगली हात्ती मानवीय बस्ती नजिक बसोबास गर्दा सर्वसाधारण त्रसित बनेका छन् ।

दिनभर जंगलमा बसोबास गर्ने र रातको समयमा मानव बस्तीमा प्रवेश गर्दा सर्वसाधारण त्रसित बनेका हुन् । रातको समयमा जंगल र साँझ परेपछि मानव बस्तीमा प्रवेश गर्दा सर्वसाधारण हात्तीको डर त्रासमा नै रातभर जाग्राम बस्न बाध्य रहेका छन् ।

बिहीबार बिहान सिन्धुलीको बजार क्षेत्रमा देखा परेका पाँचवटा हात्ती गए रातिदेखि फर्किएका छन् । कमलामाई नगरपालिकाको बजार क्षेत्र, धुराबजार, चिसापानी, बोझे, राजपानी, ढकालगाउँ आसपासका जंगलमा बसेका हात्ती गएराति पुनः माइस्थानतर्फ फर्किएको जिल्ला प्रशासन कार्यालय, सिन्धुलीले जनाएको छ ।

दिनभर सदरमुकाम वरपर रहेका हात्ती राति फर्कने क्रममा भिमानमा एक घरमा क्षति पु¥याएको भन्ने जानकारी आएको र सो स्थलमा अहिले प्रहरीको टोली पठाइएको प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले बताए । प्रहरी टोली पुगेपछि क्षतिको विवरण आउने उनको भनाइ रहेको छ ।

पाँचवटाको बथानमा रहेका हात्ती अहिले फर्कने क्रममा रहेका र सर्वसाधारण नागरिकलाई सतर्कता अपनाउन र सुरक्षा प्रदान गर्न टोलीसमेत परिचालन गरिएको प्रमुख जिल्ला अधिकारी दाहालले बताए ।

सिन्धुलीमा हात्ती आएदेखि अहिलेसम्म नेपाल प्रहरी, सशस्त्र प्रहरी तथा वन कार्यालयका कर्मचारीको टोलीले हात्ती प्रवेश गरेको स्थलको प्रत्यक्ष अवलोकन र नागकिलाई हात्ती आएको सूचना प्रवाह गर्दै आएको समेत उनले जानकारी दिए ।

आज बिहान हात्ती कमलामाई नगरपालिकामा पर्ने हात्तीसारबाट पातीपरान भन्ने ठाउँको जंगलतर्फ लागेको जानकारी आएको समेत उनले जानकारी दिए । पातीपरानको जंगल हुँदै हात्ती महोत्तरीतर्फ जानसक्ने अनुमान गरिएको छ ।

यसैबीच, जंगली हात्तीले कमलामाई नगरपालिका–८ मा दुईवटा घर भत्काएको छ । केही दिनदेखि जंगल क्षेत्रमा बस्दै आएका हात्तीको समूहले कमलामाई नगरपालिका–८ निवासी अशोक माझी र दिलकुमार मगरको घर भत्काएको प्रहरीले बताएको छ । हात्तीले माझी र मगरको घरमा रहेको अन्नपात खानुका साथै नष्ट पारेको जिल्ला प्रहरी कार्यालय, सिन्धुलीले बताएको छ ।

दिउँसो जंगलमा बसेका हात्ती साँझको समयमा गाउँ पस्ने गर्दछन् । विगत केही वर्षदेखि कमलाखोँच क्षेत्रमा जंगली हात्ती बेलाबेलामा निस्कने र बस्तीमा पसी स्थानीयलाई त्रसित पार्ने गरेका छन् । सिन्धुलीको कमलामाई नगरपालिकाका तीनतले, पातीपरान, रानीवास क्षेत्रमा हरेक वर्ष हात्ती आउने गर्दछन् ।

हात्ती नियन्त्रणका लागि सम्बन्धित निकायले खासै चासो नदेखाएको सर्वसाधारण नागरिकले बताउने गरेका छन् । अघिल्ला वर्षमा हात्तीले जनधनको क्षति गरेपनि यस वर्ष अघिल्ला वर्षको तुलनामा कम क्षति गरेको बताइएको छ ।

अघिल्लो वर्ष रानीवास क्षेत्रमा घर, गोठ भत्काउनुका साथै बारीमा लगाएको कोदो, खेतमा लगाएको धानबालीमा क्षति पु¥याएका थिए । गत वर्ष पनि सिन्धुलीको रानीवास क्षेत्रमा आएका चारवटा हात्तीले ठूलो परिमाणमा धन तथा अन्नपातको क्षति गरेको थियो ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button