Pokhara News

मन्त्रिपरिषद्ले चाँडै पूर्णता पाउँछ – प्रधानमन्त्री ओली

पोखरा न्युज – २९ फागुन ।

प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद्ले चाँडै पूर्णता पाउने बताएका छन् ।

राष्ट्रपति पदको निर्वाचनमा मतदान गरेपछि अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा पत्रकारसँगको कुराकानीमा उनले सम्बन्धित दलहरुसँग छलफल चलिरहेको र चाँडै सरकारले पूर्णता पाउने बताएका हुन् ।

प्रधानमन्त्री ओलीले विभिन्न चरणका निर्वाचन सम्पन्न भए पनि संक्रमणकालका केही विकृत प्रवृत्ति कायम रहेकाले सुशासन र समृद्धिको दिशामा अघि बढ्न केही चुनौती भए पनि संघीय लोकतान्त्रिक गणतन्त्रलाई सुदृढ र संस्थागत बनाउन आफूहरु प्रयत्नशील रहने बताए ।

संविधान र कानून बमोजिम संवैधानिक अंगहरुलाई निष्पक्ष र विवादरहित बनाउनुपर्ने भएकाले कतिपय अवस्थामा विभाजित बनाउने प्रवृत्ति पनि निरुत्साहित गर्नुपर्नेमा उनले जोड दिए ।

अन्य खबर

गण्डकी प्रदेशमा ३ वर्षभित्र प्रतिव्यक्ति आय १७ सय डलर – मन्त्रि गुरुङ

रासस

कर्णाली प्रदेशका मुख्य मन्त्री बाहेक सवै मुख्य मन्त्री पोखरामा

पोखरा न्युज

नेपाल निर्माण व्यवसायी संघमा वाम प्यानलवाट आनन्द बराल अध्यक्षको उम्मेदवार

पोखरा न्युज
खुल्दैछ.......