Pokhara News

राष्ट्रपति निर्वाचन : हालसम्म ५० प्रतिशत मतदान


पोखरा न्युज – २९ फागुन ।

संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको राष्ट्रपति पदका लागि भएको निर्वाचनमा मतदान जारी रहेको छ ।

निर्वाचन आयोगका प्रवक्ता नवराज ढकालका अनुसार मध्याह्न १२ः०० बजेसम्म प्रदेशसभाका कूल ५४९ प्रदेशसभा सदस्यमध्ये २३७ जनाले मतदान गरेका छन् भने संघीय संसद्का कूल ३३१ सांसदमध्ये २०५ जनाले मतदान गरिसकेका छन् ।

हालसम्म करिव ५० प्रतिशत मतदान भएको आयोगले जनाएको छ । पहिलो मतदान संघीय संसद्का सदस्य जिपछिरिङ लामा र प्रदेशसभा सदस्य दामा शर्माले ठीक १० बजे गरेको थियो ।

संघीय संसद् भवन, नयाँ बानेश्वर परिसरको पूर्वतर्फको खाली स्थानमा संघीय संसद् र प्रदेशसभा सदस्यका लागि बेग्लाबेग्लै मतदान केन्द्र कायम गरी मतदान गराइएको छ ।

मतदानका लागि बिहान ९ बजेदेखि नै मतदाता मतदान केन्द्रमा प्रवेश गरेका थियो । मतदानको समय अपराह्न ३ः०० बजेसम्मका लागि तोकिएको छ ।

राष्ट्रपतिको निर्वाचनमा वर्तमान राष्ट्रपति विद्यादेवी भण्डारी र पूर्वसांसद कुमारीलक्ष्मी राई प्रतिष्पर्धामा छन्। राष्ट्रपतिको निर्वाचन संघीय संसद्का सदस्य र प्रदेशसभाका सदस्य मतदाता रहेको निर्वाचक मण्डलबाट हुने व्यवस्था गरिएको छ ।

निर्वाचन व्यवस्थित गर्न सुरक्षा व्यवस्थालाई चुस्त तुल्याउनाका साथै प्रत्येक केन्द्रमा महिला र पुरुषका लागि बेग्लाबेग्लै लामको व्यवस्था गरिएको छ । आयोगका प्रवक्ता ढकालका अनुसार राष्ट्रपति निर्वाचनका लागि संघीय संसद् (प्रतिनिधिसभा र राष्ट्रियसभा) का ३३१ र प्रदेशसभाका ५४९ सदस्य गरी ८८० जना मतदाता छन् ।


अन्य खबर

एक वर्षभित्र तातोपानी नाका खुल्ने : प्रम

रासस

चीन भ्रमण सफल : प्रधानमन्त्री

पोखरा न्युज

चीन भ्रमण उपलब्धिमूलक र प्रेरणादायी रह्यो : परराष्ट्रमन्त्री ज्ञवाली

रासस
खुल्दैछ.......