मोबाइल चार्जमा राखी सुतेका स्याङ्जाका युवाको चट्याङले हान्दा मृत्यु

पोखरा न्युज – २ चैत्र ।

मोबाइल चार्जमा राखी सुतेका स्याङ्जाका एक युबकको चट्याङका कारण  मृत्यु भएको छ ।

बिहिबार राती करिब १२ बजेको समयमा मोबाइल चार्जमा राखि बेडमा सुतिरहेका विरुवाअर्चले गाउपालिका ८ तरलेमचबारीका गणेश नेपालीको  चट्याङले हान्दा  मृत्यु भएको प्रहरीले जनाएको हो। नेपालीलाई चट्याङले हानेपछि उपचारको लागी बिरुबा प्याथालोजीमा लगिएको थियो ।  बिरुबा प्याथालोजी रातिनै करिब १२:३० बजेको समयमा नेपालीलाई मृत घोषणा गरेको थियो ।

नेपालीलाई मृत घोषणा गरेपनि मृतकका आफन्तले जिवितै भएको अन्धविश्वासमा शब घरमा लगी राखेको बताइएको छ । शब घरमा लगी राखेका जानकारी पाएपछी घटनाको बारेमा बुझ्न घटनास्थलमा प्रहरी टोलि खटिएको प्रहरी उपरीक्षक बिरेन्द्र कुमार बस्यालले जानकारी दिएका छन् ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button