स्याङजामा माटोको ढिस्कोले पुरिदा एक महिलाको मृत्यु

पोखरा न्युज –  ७, चैत ।

स्याङजामा माटोको ढिस्कोले पुरिदा एक महिलाको मृत्यु भएको छ ।

बुधबार दिउँसो स्याङजा जिल्लाको  कालीगण्डकी गाउँपालिका ६ दब्चेमा माटोको ढिस्कोले पुरिदा  ४१ बर्षीय इन्दिरा रानाको मृत्यु भएको हो  ।

वडा प्रहरी कार्यालय वालिङका अनुसार कालीगण्डकी गाउँपालिका लाम्दीकोटकी  रानाको घर पोत्ने रातो माटो खन्ने क्रममा ढिस्कोले पुरिदा घटनास्थलमै मृत्यु भएको हो ।

घटनामा परी सोही स्थानका १८ बर्षीय भावना दर्लामी र ५२ बर्षीय जीतमाया गाहा घाइते भएका छन् ।

उनीहरूको पाल्पाको तानसेनस्थित मिसन अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button