पोखरा ५ पर्स्याङमा स्कुटर दुर्घटना हुदाँ एकको मृत्यु

पोखरा न्युज – ७, चैत्र ।

पोखरा ५ पर्स्याङमा स्कुटर दुर्घटना हुदाँ एक जनाको ज्यान गएको छ ।

मंगलबार राति करिब १२: ३० बजे पर्स्याङको  धर्मस्थलि स्कुल अगाडी भएको दुर्घटनामा परेका  कास्कीको  माछापुच्छ्रे गाउपालिका ६ का ४५ बर्षीय पान बहादुर क्षेत्रीको मृत्यु भएको हो ।

धर्मस्थलि स्कुल अगाडी रोकी राखेको ग १ ख ५९९६ नम्बरको पृथ्वी यातायात समितिको बसको पछाडीको  भागमा बाग्लुङ बसपार्कबाट जिरो किमीतर्फ जादै गरेको ग १४ प २३३ नम्बरको स्कुटर ठोक्किदा स्कुटर चालक क्षेत्री गम्भीर घाइते भएका थिए ।

दुर्घटनामा परी गम्भीर घाइते भएका क्षेत्रीको उपचारको क्रममा मेट्रोसिटि अस्पताल पोखरामा मृत्यु भएको  प्रहरी उपरीक्षक बिरेन्द्र कुमार बस्यालले बताएका छन् ।

घटना पश्चात  बस, स्कुटर र बसको साहुलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको  छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button