पोखरामा कोरिया क्रेज : अघिल्लो दिनमै लाइनमा युवा

पोखरा न्युज- ७, चैत्र ।

वैदेशिक रोजगार विभाग अन्तर्गतको इपीएस कोरिया शाखाले विहिबार (भोलि) देखि भाषा परीक्षाको आवेदन खुलाएसंगै पोखराको न्युरोड स्थित ग्लोवल आइएमई बैंकमा दस्तुर बुझाउन युवाहरु एक दिन अघि देखिनै लाइनमा बसेका छन।

पोखरामा ग्लोवल आइएमई बैंकले सिमित टोकन दिने भएपछि दस्तुर बुझाउन युवाहरु एक दिन अघि देखिनै लाइनमा बसेका हुन् ।

एक दिन अगाबै  बैंक अगाडी भिडभाड भएपछी  प्रहरीले युबाहरुलाई लाइनमा नबस्न  आग्रह गर्दै हटाए पनि केहि युवाहरु पुनः लाइनमा बसेका छन ।

बैदेशिक रोजगारको  भरपर्दो गन्तब्य र आकर्षक तलबका कारण पछिल्लो समय नेपाली युबाहरुमा  कोरिया प्रतिको क्रेज बढेको छ ।

तष्विर, पोखरा न्युज – डि.एन.बी.

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button