Pokhara News

धादिङमा करेन्ट लागेर ७ घाइते

पोखरा न्युज – ०४ बैशाख  ।

धादिङको  थाक्रे गाउँपालिका–११ केवलपुरमा आज बिहान खानेपानीको पाइप मिलाउने क्रममा करेन्ट लागेर सात जना घाइते भएका छन् ।

बोरिङ गरेर तानिएको पानीको पाइप बाटोमाथि मिलाउन लाग्दा हाइटेन्सन लाइनमा छोई करेन्ट लागेपछि कामदार घाइते भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक रामबहादुर केसीले जानकारी दिए ।

इलाका प्रहरी कार्यालय खानीखोलाका अनुसार झापा जिल्ला निवासी मिक्की तामाङ तथा धादिङ, थाँक्रे गाउँपालिका–६ का धनबहादुर कार्की, धीरज कार्की, गोपी कुलू, सुरेश कुलू, माइली तामाङ र गौतम तामाङ घाइते भएकामा पाँच जनाको ट्रमा सेन्टर र दुई जनाको कीर्तिपुर अस्पतालमा उपचार भइरहेको छ । घाइते तामाङको अवस्था गम्भीर छ ।

(प्रतिकात्मक तस्बिर)

अन्य खबर

तिहार अगावै पटाकासहित एकजना पक्राउ

रासस

श्रीपेच सर्वसाधारणका लागि खुला

रासस

बजारमा मागभन्दा बढी इन्धन : निगम

रासस
खुल्दैछ.......