दुई तले छतबाट खसेर महिलाको मृत्यु

पोखरा न्युज – ०७ बैशाख ।

घरको छतबाट खसेर झापा दमकमा एक महिलाको आज मृत्यु भएको छ ।

मृत्यु हुनेमा पाँचथर फिदिम नगरपालिका–२ गोलाटार घर भई हाल दमक नगरपालिका– ७ मा डेरा गरी बस्ने २७ वर्षीया सुनमाला तामाङ ( गुरुङ ) रहेकी छिन् ।

श्रीमान् कुमार गुरुङसँगै दुई तले छतमाथि सुतेकी कमला राति उठेर तल झर्न खोज्दा माथिबाट खसेकी थिइन् । घरको छतबाट खसेर गम्भीर घाइते भएकी कमलाको उपचारका क्रममा आज बिहान दमकस्थित लाइफलाइन अस्पतालमा मृत्यु भएको इलाका प्रहरी कार्यालय दमकले जनाएको छ । घटनाबारे प्रहरी अनुसन्धान शुरु गरिएको प्रहरी नायब उपरीक्षक दीपक गिरीले बताए ।

(प्रतिकात्मक तस्बिर)

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button