नारायणगढ–मुग्लिन सडकखण्ड अन्तर्गत त्रिशूलीमा ग्यास बुलेट खस्यो

पोखरा न्युज – ०९ बैशाख ।

नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत भरतपुर महानगरपालिका–२९ केराबारीबाट आज एउटा ग्यास बुलेट त्रिशूली नदीमा खसेको छ ।

उक्त दुर्घटनामा परी घाइते भएका बुलेटका चालक राजु ओलीको प्रहरीले उद्धार गरेको छ ।

भारतबाट काठमाडौँ जाँदै गरेको एचआर३एचआर ९७७० नं को ग्यास बोकेको बुलेट अनियन्त्रित भई पल्टिएर त्रिशूली नदीमा खसेको प्रहरी नायब उपरीक्षक प्रभुप्रसाद ढकालले जानकारी दिए । बुलेटको डिब्बा छुट्टिएर पानीमा डुबेकाले अहिले निकाल्ने प्रयास भइरहेको छ ।

(प्रतिकात्मक तस्बिर)

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button