संचारिका पश्चिमाञ्चलमा जमुना वर्षा

पोखरा, १५ भदौं ः संचारिका समूह नेपाल पश्चिमाञ्चलको मंगलबार पोखरामा सम्पन्न चौथो अधिवेशनले जमुना वर्षा शर्माको अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्मत निर्वााचित गरेको छ । समूहको उपाध्यक्ष, महासचिव, सचिव र कोषाध्यक्ष क्रमश विमला भण्डारी, कविता श्रेष्ठ, सावित्री गौतम र राधिका कँडेल निर्वाचित भएका छन् । सदस्यहरुमा उमा आले, दुर्गा रानामागर, शोभा भण्डारी, बालकुमारी पौडेल(तारा), रविना ढकाल, कञ्चन थापा, सन्तोषी श्रेष्ठ, सम्पदा बास्तोला, सपना अधिकारी निर्वाचित भएका छन् । एक सदस्य पछि मनोनयन गर्ने अध्यक्ष वर्र्षाले बताइन् । दुर्गा भण्डारीको संयोजक, दीपेन्द्र श्रेष्ठ र विनिता नेपाली सदस्य रहेको गठित अध्यक्ष मण्डलले निर्वाचनको कार्यक्रम सम्पन्न गरेको थियो ।
नवनिर्वाचित अध्यक्ष वर्षाले बुधबार नै बैठक बसेर कार्यक्रम तय गर्ने बताइन् । पत्रकार महिलाको क्षमता र नेतृत्व विकासका लागि आफूले काम गर्ने उनले प्रतिवद्धता जनाएकी छन् । वर्षा पोखराबाट प्रकाशित पोखरा एक्सप्रेसकी सम्पादक हुन भने महिला खबर डट कम र रेडियो जननीसंग आबद्ध छन् ।
कार्यक्रमको उद्घाटन गर्दै प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर रावतले समयक्रमसंगै पत्रकार महिलाको संख्या बढ्दै जानु सकारात्मक भएको बताए । कतिपय विषयवस्तुको रिपोर्टिग पुरुषले गर्दा पुरा नहुने भन्दै अब जनसंख्या जस्तै पत्रकार महिलाको संख्या पनि ५० प्रतिशत हुनुपर्ने बताए । महिलाहरु पत्रकारितामा आउने र छिटै पलायन हुनेक्रमलाई रोक्नुपर्नेमा उनको जोड थियो ।
पत्रकारिताको विकास र संचारिका समूहको संगठनात्मक विकासमा योगदान पुर्याएको भन्दै संचारिका समूह पश्चिमाञ्चलकी संस्थापक अध्यक्ष दुर्गा भण्डारीलाई सम्मान गरिएको थियो । गुरुग ब्युटिपार्लरकी संचालक चिनु गुरुगले स्थापना गरेको अक्षयकोषबाट पहिलोपटक भण्डारीलाई १० हजार एक सय ११ रुपैयाँ सहित सम्मान गरिएको हो ।
पत्रकार महासंघका कास्कीका अध्यक्ष रामकृष्ण ज्ञवालीले पत्रकारितको विकाससंगै पत्रकारको आर्थिक अवस्था सुधार हुन नसकेको बताए । सो अवसरमा अक्षयकोषमा सहयोग गर्ने चिनु गुरुग र कमला प्रधानलाई कदरपत्र प्रदान गरिएको थियो । कार्यक्रममा नेपाल प्रेस युनियनका केन्द्रीय उपाध्यक्ष रमेश पौडेल, प्रेस चौतारीका केन्द्रीय सचिव गणेश पाण्डे अक्षयकोषदाता द्वय गुरुग र प्रधानले शुभकामना व्यक्त गरेका थिए ।
संचारिका समूह पश्मिाञ्चल अध्यक्ष बसन्ती वास्तोलाको सभापतित्वमा सम्पन्न कार्यक्रममा सचिव विमला भण्डारी र कोषाध्यक्ष कविता श्रेष्ठले प्रस्तुत गरेको प्रतिवेदन सर्वसम्मत पारित गरिएको थियो । अघिल्लो कार्यसमितिलाई सहयोग गर्ने विभिन्न व्यक्ति तथा संस्थालाई सो अवसरमा मायाको चिनो प्रदान गरिएको थियो ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button