राष्ट्रपतिको अपमान विरुद्ध पोखरामा महिलाहरुले बिरोध रयाली

पोखरा, ०७ पौष –

राष्ट्रपति बिद्यादेवी भण्डारीलाई जनकपुरको जानकी मन्दिरमा गरिएको दुव्र्यवहार बिरुद्ध पोखरामा महिलाहरुले बिरोध प्रदर्शन गरेका छन । देशको उच्च पदमा रहेको व्यक्ति भण्डारीलाई महिला भएकै कारणले दुव्यवहार गरीनु सिंगो महिला बर्ग माथिको दुव्र्यवहार भएको भन्दै पोखरेली महिलाहरु मंगलबार पोखरामा बिरोध गर्दै सडकमा उत्र्रिएका हुन ।

२१ सौं दताव्दीमा पनि महिला भएकै कारणले अपमान गर्नु, महिलालाई अझै दुव्र्यवहार गर्ने उपर सरकारले कडा भन्दा कडा तत्काल कारवाही गरीनु पर्ने बिरोध रयालीमा सहभागि हुनेहरुले जोडदार माग गरेको जगदम्बा आमा समुहकी अध्यक्ष दुर्गा पहारीले बताईन । उनले भनिन “ आज राष्टपति जस्तो व्यत्ति माथि त यस्तो दुव्र्यवहार हुन्छ, भने भोलि यस्तै घटनाले प्रसय पाएमा हामी जस्ता सामान्य महिलाको के अबस्था होला, यस्ता कुनै पनि घटनाहरु बिरुद्ध सम्पुर्ण महिलाहरु आज एक हुनु पर्ने अबस्था आएको छ, त्यसैको अभियान स्वरुप हामीले पोखरामा बिरोद्ध प्रर्दशन गरेका हौं ।” जरेवर उज्वल दिदी बहिनी समहुकी अध्यक्ष इन्दीरा गैरेले महिला माथि दुव्र्यवहार गर्नेलाई सरकारले कडा कारवाही गर्न नसकेको कारणले गर्दा यस्ता घटनाहरु पटक पटक हुने गरेको दाबी गरीन । उनले भनिन “ राष्ट्रपति बिद्या भण्डारी एकल महिला भएकै कारणले गर्दा दुव्र्यवहार भएको हो, यस्ता घटनामा संलग्न कुनै पनि व्यक्तिलाइ अब हामीले छाड्न हुनैन ।”

पोखराको जेरवरबाट शुभारम्भ भएको विरोध प्रदर्शन सहिदतको र्याली लेकसाइडको विभिन्न चोकहरु परिक्रमा गरी सहिचोकमा पुगेर बिरोध सभामा परिणत भएको थियो । विरोधा रयालीमा पोखराका ११ वटा भन्दा बढी आमा समूहका महिलाहरु सहभागी भएका थिए । महिलाहरुले दोषीलाई कारबाहीको माग गर्दै जिल्ला प्रशासन कार्यालय कास्की मार्फत प्रधानमन्त्री केपी शर्मा ओलीलाई ज्ञापन पत्र पठाएका छन् ।

महिला माथि हुने गरेको दुव्र्यवहार तत्काल अन्त्य गर, दोषीलाई कारवाही गर, धर्म सबैका लागि समान हो, घटनाको छानविन हुनुपर्ने, जानकी मन्दिर साझा हो, राष्ट्रपतिको अपमान सबै नेपालीको अपमान, लगायतका नारा लेखिएका प्लेकार्ड समेत महिलाहरुले प्रदर्शन गरेका थिए ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button