देश दौडाहामा निस्कनुभएका काँग्रेस नेता खड्का धम्पुसमा

पोखरा, ०९ पौष –

नेपाली काँग्रेसको १३ औं महाविधेशन नजिकिदै गर्दा, देश दौडाहामा निस्कनुभएका नेता पूर्णबहादुर खड्का कास्कीको धम्पुस गाउँमा पुग्नु भएको छ ।नेपाली काँग्रेस कास्कीको कार्यकर्ता भेटघाट कार्यक्रमको लागि पोखरा आउनुभएका खड्का पर्यटकीइ गाउँ धुम्पुस पुग्नुभएको हो ।

नेता खड्काले नेपाली काँग्रेसको १३ औं महाधिवेशन, संविधानको कार्यान्वयनमा देखिएको चुनौति, भारतीय नाकाबन्दी र वर्तमान समसामयिक राजनीतिक विषयमा कार्याकर्तालाई प्रशिक्षण दिनुभएको थियो ।

नेपाली काँग्रेस धम्पुस गाउँ इकाइ समितिका सभापति सुकबहादुर गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा महाधिवेशन प्रतिनिधि गुरु बराल, संचार उद्यमी विश्वशंकर पालिखे, नेविसंघका केन्द्रीय सदस्य गोविन्द एलसी लगायतले आफ्नो भनाई राख्नु भएको थियो ।

नेता खड्का नेपाल तरुण दल धम्पुुस गाउँ इकाईका सभापति प्रकाश गुरुङको घरमा बस्नुभएको छ। खड्काले देश दौडाहामा निस्कदाँ होटलमा नबसी कांग्रेस कार्यकर्ताको घरमा बस्दै आउनुभएको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button