सिल्दजुरेमा राप्रपा नेपाल कास्की प्रचारप्रसार अभियान

पोखरा, २ माघ –

हरेक वडा, क्षेत्रमा राप्रपा नेपाल भन्ने राप्रपा नेपालको राष्ट्रिय अभियानलाई सार्थक तुल्याउन क्षेत्र नं.१ को कास्कीको सिल्दजुरेमा एक कार्यक्रम सम्पन्न गरियो ।

राप्रपा नेपालको राष्ट्रिय अभियानको प्रचारप्रसारको लागि ध्रुव गुरुङ्को नेतृत्वमा संगठन विस्तारको क्रममा राप्रपा नेपाल कास्कीको टोली सिल्दजुरे पुगेको हो ।

टोलीले सिल्दजुरे गाविसको वडा नं. ३, ४, ५ मा एक कार्यक्रमको गरी कार्यक्रमका प्रमुख अतिथि केन्द्रीय सदस्य रोमबहादुर भण्डारीले तपाइहरुले गरेको क्रियाकलापमा राप्रपा नेपालले सधैं सहयोग गर्ने, राम्रा कामको लागि हाम्रा नभनिकन अगाडि बढ्ने र तपाइहरुलाई साथ दिने कुरामा राप्रपा नेपाल कहिल्यै नचुक्ने बताउनभुयो ।

अर्का वक्ता धौलागिरी संयोजक तथा केन्द्रीय सदस्य कुलबहादुर गुरुङ् कुलुले तपाइहरुको काममा हातमा हात मिलाएर अगाडि बढ्न र आफ्नो काममा दत्तचित्त भएर लाग्नुपर्ने बताउनुभयो । कार्यक्रममा जिल्ला अध्यक्ष जयलाल पुन, अञ्चल सचिव तथा राष्ट्रिय पत्रकार समाजका अध्यक्ष सूर्य बाँस्तोला, एमालेका सिल्दजुरे उपसचिव पोषनाथ बास्तोला लगायतले बोलेका थिए ।

राप्रपा नेपाल सिल्दजुरे गाविसका अध्यक्ष शेरबहादुर पाण्डेको अध्यक्षतामा सम्पन्न कार्यक्रमको संचालन ध्रुव गुरुङ्ले गर्नुभएको थियो ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button