लायन्स क्लव अफ पोखरा आदर्शद्धारा विविध कार्यक्रम सम्पन्न

पोखरा, २ माघ –

लायन्स क्लव अफ पोखरा आदर्शले क्लवमा आवद्ध सदस्यहरुका बिच विभिन्न कार्यक्रम सम्पन्न गरेको छ ।

पोखरा २८ अर्मला काली खोलामा क्लवले आयोजना गरेको पेपर प्ले खेलमा सुरेन्द्रसिंह भण्डारी र शिव भण्डारीको जोडी प्रथम, अजय भण्डारी र हिरा भण्डारीको जोडी द्धितिय, सञ्जयकुमार अधिकारी र रेश्मा शेरचन अधिकारीको जोडी तृतिय भएको छ ।

त्यस्तै वालवालिकालाई लक्षित गरी आयोजित कार्यक्रममा प्रवेश भण्डारी प्रथम, सौरभ भण्डारी द्धितिय र आयुष भण्डारी तृतिय भएका छन् । विजयी प्रतियोगिहरुलाई लायन्स क्लव अफ पोखरा डल्फिनका अध्यक्ष गोविन्द साइ, सचिव उमेश देवकोटा, क्लवका अध्यक्ष नविन भण्डारीले पुरस्कार वितरण गरेको कार्यक्रम संयोजक कमलबहादुर थापाले बताउनुभयो ।

क्लवले सदस्यहरुका बिच पारिवारिक सम्वन्ध कायम गर्न कार्यक्रम गरेको हो ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button