तनहुँ तमु समाजले विविध कार्यक्रम गरी प्र ल्होछार मनायो

पोखरा, २ माघ –

पोखरा १० काजीपोखरीस्थित तनहुँ तमु समाजले विविध कार्यक्रम गरी प्र ल्होछार मनाएकोे छ ।

समाजघरमा कार्यक्रममा शुभकामना आदानप्रदान, उच्च शिक्षा, एसएलसी उतिर्ण, समाजका सहयोगदातालाई सम्मान, समाजका नयाँ सदस्यहरुलाई स्वागत, साँस्कृतिक कार्यक्रम, स्योकैं गरी प्र ल्होछार मनाएको हो ।

tanahu 2

तमुवान संयुक्त संघर्ष समितिका संयोजक हुमबहादुर तमुले दीप प्रज्वलन गरी उद्घाटन गरिएको कार्यक्रममा उहाँले शुभकामना मन्तव्य व्यक्त गर्नुहुदै आफ्नो अधिकार, पहिचान, तमुवानका लागि एक हुन आग्रह गर्नुभयो । उहाँले शिक्षा नै चेतना र विकासको आधार भएकाले शिक्षामा जोड दिनुपर्ने बताउनुभयो ।

पोखरा विश्वविद्यालयमा प्राध्यापनरत डा. शिला गुरुङले शुभकामना व्यक्त गर्नुहुदै उच्च शिक्षाका लागि तमुहरुले पहल गर्न आग्रह गर्नुहुदै विद्यार्थीलाई सम्मान कार्यक्रमले विद्यार्थी र अभिभावक दुवैको प्रोत्साहन हुने भएकाले यस्ता कार्यक्रममा समाजले निरन्तरता दिनुपर्ने बताउनुभयो ।

खाद्य संस्थानका पुर्व विभागिय प्रमुख कुलबहादुर गुरुङले ल्होछारको शुभकामना व्यक्त गर्नुहुदै आफ्नो मौलिकता संरक्षण र एकताका लागि आग्रह गर्नुभयो ।

समाजका अध्यक्ष सुवेदार मेजर सम्शेरबहादुर गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा उपाध्यक्ष सोमबहादुर गुरुङले स्वागत मन्तव्य व्यक्त गर्नुहुदै ल्होछारको परिचय र महत्वका बारेमा चर्चा गर्नुभएको थियो भने सहसचिव मिन गुरुङले कार्यक्रम संचालन गर्नुभएको थियो ।

कार्यक्रममा सम्मानति व्यक्तित्वहरुलाई अतिथि हुमबहादुर गुरुङ र समाजका अध्यक्ष सुमे सम्शेरबहादुर गुरुङले सम्मान गर्नुभएको थियो ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button