प्रदर्शन गर्न नदिए फेरी नाकामा अवरोध हुने अध्यक्ष यादवको चेतावनी

पोखरा, १८ फागुन –

संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले आफुहरुको आन्दोलनलाई कसैले अवरोध गरी प्रदर्शनमा रोक लगाय फेरी नाकामा अवरोध गर्ने चेतावनी दिएका छन । संघीय प्रेस फोरम कास्कीले मंगलबार पोखरामा आयोजना भएको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै अध्यक्ष यादवले आफुहरु नयाँ ढंगले शान्तिपुर्ण र अहिंसात्मक ढंगले आन्दोलन गर्ने तयारी गरी रहदा सरकारले आफ्नो आन्दोलनलाई सरकारले दवाउन खोजे आफुहरु बाध्य भएर नाकामा अवरोध गर्नेे चेतावनी दिएका हुन ।

उनले भने “अब देशमा, मधेषमा निषेधित क्षेत्र घोषणा गरी, कर्रफ्यु लगाएर प्रदर्शन गर्न रोक लगाउदै आन्दोलन गर्ने अवरोध गरेमा जनातहरु बाध्य भएर दशगजामा गएर नाका अवरोध हुने गरी आन्दोलन गर्र्न बाध्य हुन्छन ।” विभेद हुने ठाँउमा विद्रोह हुने बताउदै उनले विद्रोहलाई दबाउने प्रयास भए विग्रहसम्म जानसक्ने उनले जनाए । उनले मधेशमा अहिले भइरहेको आन्दोलन विभेदकै कारण भएको बताए । भारतले नेपाल माथि नाका बन्दी नगरेको बताउदै उनले यो सरकारले कुटनितिक ढंगले काम गर्न नसकेको कारणले गर्दा आपुर्तिमा समस्या भएको बताए ।

उनले भने “हाल नाकामा अबरोध नभएको करीब २० दिन भयो तर किन नेपालमा अत्यावसेक बस्तुहरु सहज रुपमा आउन सकेको छैन, यसमा सरकारको कुटनितिक पहल राम्रोसंग गर्न नसक्नुको मुख्य कारण हो ।” सरकारले कुटनितिक पहल गर्न नसकेर चाईना र भारतसंग व्ल्याकमेलिङ गरेको उनले आरोप लागए । सरकारले व्ल्याकमेलिङको निति ल्याएको उनले जनाए । उपप्रधानमन्त्री कमल थापाको संयोजकत्वमा बनेको आयोगको क्षेत्रअधिकार र बैधानिकताको टुंगो नलागेकाले मात्र आफूहरुले नस्विकारे यादवले प्रष्ट्याए । व्यक्तिका कारण आयोग नस्विकारेको भन्ने कुरा सत्य नभएको भन्दै क्षेत्रअधिकार र वैधानिकताको टुंगो लागे स्विकार्न सकिने बताए । देशमा भएका आन्दोलनहरुमा आदिवासी जनजाति, मधेशी लगायत उत्पिडित समुदायको प्रमुख भुमिका रहदा पनि आन्दोलन पश्चात तिनै समुदायलाई अधिकार विहिनकै अवस्थामा राखिएकोमा आपत्ति जनाउदै मधेश लगायत देशमा भईरहेको आन्दोलन विभेद अन्त्य र अधिकार प्राप्तिका लागि आफुहरुको आन्दोलन भएको उनले प्रष्ट पारे ।

पुर्व उप–प्रधान मन्त्री समेत रहेका अध्यक्ष यादवले सरकारले फास्ट ट्याकमा जाने नाममा संविधान जस्तो कुरालाई सवै आदिवासि जनाजाति तथा मधेषि लगायतका जातिहरुको अधिकारलाई सुनिस्चित नगरी दुई दिनमै जवरजस्ती रुपमा संविधान संम्सोधन गरी जारी गरेको संविधान आफुहरुले नमान्ने बताए ।

मित्र राष्टले भूकम्प प्रभावित तथा भौतिक संरचना निमार्ण गर्ने नाममा दिएको अर्वौ रुपैया सरकारले पारदर्शी ढंगले खर्च नगरी भ्रष्टचार गरेको अध्यक्ष यादवले आरोप लगाए । सरकारले जम्वो मन्त्री मण्डल गठन गरी भ्रष्टचारको जंजालमा मुछिएको दाबी गर्दैै अध्यक्ष यादवले विभेद र शान्ति एकै साथ नहुने दाबी गरे । तल्लो तह देखि बालुवाटारसम्म माफियाको कब्जामा रहेको उनले आरोप लगाए ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button