धुर्मुस सुन्तलीले गरे दोश्रो एकिकृत बस्तीको शिल्यान्यास

काठमाडौँ, १२ बैशाख –

हाँस्य कलाकार सिताराम कट्टेल (धुर्मुस) र कुञ्जना घिमिरे (सुन्तली) ले दोश्रो एकिकृत बस्तीको शिल्यान्यास गरेका छन् । भूकम्प गएको ठ्याक्कै एक वर्ष पुगेको दिनआजबिहान ११ बजेर ५६ मिनेटमा उनीहरुले मेलम्ची ८, गिरानचौरमा दोश्रो एकिकृत बस्तीको शिल्यान्यास गरेका हुन् ।

बस्ती निर्माणको काम थालनी स्वरुप गिरानचौर एकिकृत बस्तीमा सामूदायिकभवनको जगशिल्यान्यास गरिएको हो । यस अघि विभिन्न व्यक्ति, संघ संस्थाको सहयोगमा धुर्मुस सुन्तलीले काभ्रेको डाँडा गाउँमा पहिलो एकिकृत नमुना बस्ती बनाएका थिए।

dhurmus suntali 2

गिरानचौरमा रहेका ६५ परिवारका लागि करीब ६ महिना भित्र एक घर, एक धारो, एक चर्पी, एक बगैँचा लगायतका संरचना निर्माण गरेर हस्तान्तरण गर्ने फाउण्डेशनको लक्ष्य छ । गिरान चौर एकिकृत बस्तीलाई बालमैत्री, वातावरणमैत्री र पर्यटकीय पनि बनाइने फाउण्डेशनले जनाएको छ । पुनर्निर्माणमा ढिलाइ भइरहेकाले सरकारलाई सघाउने उद्देश्यले नयाँ नमुना बस्ती बनाउने अभियानमा लागेको फाउण्डेशनका अध्यक्ष सिताराम कट्टेलले बताएका छन् । धन नभएपनि ठूलो मन लिएर बस्तीको शिल्यान्यास गरेको बताउँदै उनले सहयोगी हातहरुको खाँचो रहेको औँल्याएका छन् । गिरानचौर एकिकृत बस्ती निर्माणको काम थालनी गदै गर्दा उनले पहिलो एकिकृत बस्ती बसाउन सहयोग गर्ने सम्पूर्ण व्यक्ति, संस्थाहरुलाई पनि धन्यवाद दिएका छन् । देश विदेशबाट सहयोग गर्ने केहि प्रतिबद्धताहरु आउन थालेकोमा खुशि व्यक्त गर्दै उनले त्यीनै प्रतिबद्धताका कारण काम गर्ने आँट पलाएको जनाएका छन् ।

dhurmus suntali 4

dhurmus suntali 3

साढे तीन करोड अनुमानीत लागत रहेको यो बस्ती निर्माणको थालनीगर्दा अहिले फाउण्डेशनको खातामा जम्मा १ लाख ७४ हजार रुपैँयामात्र रहेको फाउण्डेशनकी कोषाध्यक्ष कुञ्जना घिमिरेले बताएकी छिन् । मनदेखि आँटेको काम पुरा गर्न मनकारी मान्छे, संघ संस्थाहरु भेटिने आशामा गिरानचौर एकिकृत बस्ती बसाउन आफूहरु अघि सरेको उनको भनाई छ । सामाजिक काम गर्न पाउँदाको खुशि अन्यकुनै पनि कामबाट प्राप्त हुन नसक्ने भएकाले ६५ परिवार भूकम्प पिडितको दुख कम गर्न लागि परेको उनी बताउँछिन् । भूकम्प पिडितको घाउमा मल्हम लगाउने यस अभियानमा साथ दिन उनले सबैमा अपिल गरेकी छिन् । आर्थिक रुपमा सहयोग गर्न नसक्नेहरुले श्रमदान मार्फत पनि बस्ती निर्माणमा सहयोग गर्न सकिने फाउण्डेशनले जनाएको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button