गोरखामा निःशुल्क आँखा शिविर सम्पन्न

पोखरा, २२ चैत्र –

लायन्स क्लव अफ इन्टरनेशनल ३२५ बी १ सँग आवद्ध रही हामी सेवा गर्छौ भन्ने भावना राखी मानवीय सेवामा कार्यरत लायन्स क्लव अफ पोखरा भैरबले भुकम्प पीडित क्षेत्र गोरखाको लुइँटेलबजारको लुइँटेल सिर्जनशील समाजको भवनमा निःशुल्क आँखा शिविर सम्पन्न गरेको छ ।

कार्यक्रममा प्रमुख अतिथि अमरज्योति जनता उच्च माविका पूर्व प्रधानाध्यापक ध्रुव कुमार श्रेष्ठले निःशुल्क आँखा शिविरको प्रिप्कीप्सन कार्ड हिमालय आँखा अस्पतालका प्राविधिक धर्मेन्द्र घोडासैनीलाई हस्तान्तरण गरी कार्यक्रमको उद्घाटन गर्दै गोरखाको विकट क्षेत्र र भुकम्प पीडित क्षेत्रमा आइ निःशुल्क आँखा जाँच तथा औषधि वितरण र मोतियाविन्दु भएका बिरामीहरुलाई निःशुल्क अप्रेशन गर्ने व्यवस्था मिलाई गाउँ गाउँमा नै प्रत्यक्ष सेवा दिएकोमा धन्यवाद दिनुहुँदै यस्ता मानवीय सेवाका कार्यहरुले थोरै भएपनि राहत पुग्ने विश्वास र विचार व्यक्त गर्नुभयो ।

eye 2

निःशुल्क आँखा शिविरमा ५ वर्षदेखि ८१ वर्षसम्मका बयोबृद्धा गरी २ सय ९ जनाको आँखा परीक्षण गरिएकोमा १२ जना मोतियाविन्दु भएका बिरामीलाई हिमालय आँखा अस्पताल पोखरामा ल्याई अप्रेशन गराइएको जानकारी कार्यक्रम संयोजक ला.गौतम विजुक्छेले दिनुभयो।

eye 3

कार्यक्रममा हिमालय आँखा अस्पतालका प्राविधिक धम्रेन्द्र घोडासैनी, विनय बस्नेत, विशाल ढकाल, सृजन पौडेल र मिनबहादुर गुरुङ्ग लगायतको टोलीले आँखा जाँच गरेका थिए । उक्त अवसरमा लायन्स क्लव अफ अन्तर्राष्ट्रिय डिष्ट्रिक ३२५ बी १ का कल्चर कम्यूनिटी चियरपर्सन ला.सम्मरबहादुर श्रेष्ठ, लुइँटेल सिर्जनशील समाजका अध्यक्ष हरि कृष्ण श्रेष्ठ, श्रीकृष्ण महिला समूहका अध्यक्ष सरिता श्रेष्ठ, अमरज्योति जनता उच्च माविका सहायक प्रअ माधवराज देवकोटा, समाजसेवी किशोर श्रेष्ठ, कृष्णकुमार श्रेष्ठ लगायतले आ–आफ्नो विचार राखेका थिए ।

कार्यक्रममा इलाका प्रहरी कार्यालय पालुङटारका प्रहरी सहायक इन्सपेक्टर अर्जुन कुमार ढकाल लगायतको टोलीले शान्ति सुरक्षा प्रदान गरेको थियो ।

क्लवका अध्यक्ष ला.बुद्ध बहादुर ताम्राकारको सभाध्यक्षमा सम्पन्न उक्त कार्यक्रममा क्लवका तृतीय उपाध्यक्ष ला.विनोद द्वाले लायन्सको ध्वजा वाचन, कोषाध्यक्ष ला.श्रीकृष्ण कतिलाले स्वागत तथा कार्यक्रमको संचालन ला.निर्मल विजुक्छेले गर्नुभएको थियो । कार्यक्रममा करीब ७० हजार खर्च लागेको समेत जानकारी दिइयो ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button