ज्योतिकुञ्ज इङलिस उच्च माविमा वृहत विज्ञान प्रदर्शनी

पोखरा, २७ चैत्र –

पोखराको रामबजारमा रहेको ज्योतिकुञ्ज इङलिस उच्च माविले शनिबार वृहत विज्ञान प्रदर्शनी तथा शैक्षिक सत्र २०७१-७२ को पुरस्कार वितरण कार्यक्रम सम्पन्न गरेको छ ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष बालकृष्ण शर्माको अध्यक्षतामा भएको कार्यक्रममा कास्कीका सहायक जिल्ला शिक्षा अधिकारी दीपेन्द्र ढकाल प्रमुख अतिथी रहेका थिए । हिसान कास्कीका अध्यक्ष बाबुराम पन्त, प्याब्सन कास्की अध्यक्ष चिनु रानाभाटको विशेष उपस्थिति रहेको सो कार्यक्रममा विद्यालयका प्रधानाध्यापक पुरन कुँवरले शैक्षिक गतिविधी र भावी योजनाहरुबारे जानकारी दिएका थिए ।

school exhibition 2

कार्यक्रमका प्रमुख अतिथी कास्कीका सहायक जिल्ला शिक्षा अधिकारी दीपेन्द्र ढकालले विज्ञान प्रदर्शनीको उद्घाटन गर्दै यस्ता गतिविधीहरुले विद्यार्थीहरुको प्रतिभा प्रष्फुटनमा सहयोग पुग्ने बताए । सो अवसरमा विद्यार्थीहरुले विभिन्न साँस्कृतिक कार्यक्रम र नृत्य समेत प्रस्तुत गरेका थिए । शैक्षिक सत्र २०७१-०७२ मा उत्कृष्टता हाँसिल गर्ने विद्यार्थीहरुलाई सो अवसरमा पुरस्कृत पनि गरिएको थियो ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button