क्षेत्रिय राष्ट्रपति रनिङशिल्ड खेलकुद प्रतियोगिता पोखरामा सुरु

पोखरा १६, जेठ –
आठौं क्षेत्रिय राष्ट्रपति रनिङशिल्ड खेलकुद प्रतियोगिता आज (आइतबार) देखि पोखरामा सुरु भएको छ । प्रतियोगितामा १६ जिल्लाका १ हजार ४ सय २२ जना खेलाडीहरु विभिन्न खेलकुद प्रतियोगितामा प्रतिष्प्रर्धा गर्ने भएको समितिका अध्यक्ष खगराज पौडेलले बताए ।

आईतबार भएको उद्घाटन खेल १५ सय मिटर छात्रा दौडमा रुपन्देहिले स्वर्ण पदक जितेको छ । अन्य जिल्लाका खेलाडीहरुलाई पछि पार्दै रुपन्देहिकी दुर्गा गौडेलले निर्धारित दुरी ५ मिनेट ४८ सेकेण्डमा दुरी पार गरी स्वर्ण पदक दिलाएकी हुन । त्यसै गरी नवलपरासिकी गुडिया गुप्ताले ५ मिनेट ५६ दशमलव २ सेकेण्डमा उक्त दुरी पार गरी रजत पदक र स्याङजाकी भगवती खरालले ५ मिनेट ५६ दशमलव ७ सकेण्डमा उक्त दुरी पार गरी कास्य पदक जितिन ।
त्यसै गरी छात्रतर्फको १५ सय मिटर दौडमा गुल्मीका रोहित अधिकारीले ४ मिनेट २९ सेकेण्डमा उक्त दुरी पार गरी स्वर्ण पदक जितेका हुन । लमजुङका विष्णु हरी पौडेलले भने ४ मिनेट ४० सेकेण्डमा उक्त दुरी पार गरी रजत पदक जित्दा कास्ककिा विनोद गुरुङले ४ मिनेट ४० दशमलव ०६ सेकेण्डमा उक्त दुरी पार गरी कास्य पदक जितेका हुन । सटफुट छात्र तर्फमा पर्वतले स्वर्ण पदक जितेको छ । पर्वतका वसन्त गुरुङले प्रथम स्थान हासिल गरेका हुन भने नवलपरासिका निरज महतोले रजत पदक दिलाए भने कपिलवस्तुका दिल बहादुर मल्लले कास्य पदक जिते । त्यसै गरी सटफुट छात्रातर्फ बागलुङकी वसन्ती बुढाले स्वर्ण, लमजुङका अस्मीता दुराले रजत र तनहूँकी सुमित्रा थापाले कास्य पदक जितिन । त्यसै गरी उद्घाटन सत्रको अवसरमा आयोजना भएको मार्च पास प्रतियोगितामा गुल्मी जिल्ला प्रथम भएको छ । त्यसै गरी कपिलबस्तु दोश्रो र तनहूँ तेश्रो भयो ।

rastapati running shield3

विजयी खेलाडीहरुको टोलीलाई पुर्वप्रधान मन्त्री माधनकुमार नेपालले पुरस्कार वितरण गरेका थिए । कार्यक्रममा बोल्दै उनले निजी कम्पनीहरुले पनि खेलाडी र खेलकुदको विकासमा लगानी गर्नुपर्ने बताए । उनले भने “निजी कर्पोरेट हाउसहरुले खेलाडी तथा खेलकुदमा लगानी गर्नु पर्दछ, यदी तपाईहरुले गरेको लगानी सहि ढंगले प्रयोग भयो भने खेलाडी र राष्ट्रकै गौरव देशको नाम उचो हुन्छ खेलकुदको माध्यमबाट, त्यसैले अब खेलकुदमा लगानी गर्न आवश्यक छ, नेपालमा धेरै सम्भावना छ । ” सरकारले विस्तारै खेलको महत्व बुझन थालेको बताएका एमालेका बरिष्ठ नेता समेत रहेका पुर्व प्रधानमन्त्री नेपालले पोखरामा वातावरणीय तथा भौतिक हिसावले पनि अन्तर्राष्ट्रिय खेल आयोजना गर्न सक्ने भएको जनाए ।

क्षेत्रिय खेलकुद विकास समितिका अध्यक्ष खगराज पौडेको अध्यक्षतामा सम्पन्न भएको उद्घाटन सत्रमा साम्सद जिवन परियार, एमालेका केन्द्रीय सदस्य ठाकुर गैरे, पश्चिमाञ्चल क्षेत्रिय प्रशासक शंकरप्रसाद कोईराला, समितिका उपाध्यक्ष सुनिल गुरुङ, शिक्षप्रेमी उपेन्द्र पौडेल लगायतले वोलेका थिए ।
नेपाल सरकार, युवा तथा खेलकुद मन्त्रालयको तत्वाधान, राष्ट्रिय खेलकुद परिषदको संयोजन र पश्चिमाञ्चल क्षेत्रिय खेलकुद विकास समितिको आयोजनामा पोखरामा उक्त प्रतियोगिता संचालन भएको हो ।

rastapati running shield3

जिल्ला स्तरीय प्रतियोगिताबाट उत्कृष्ट भएका विभिन्न बिद्यालयका छात्र÷छात्राले भलिवल, एथलेटिक्स, कवड्डी, फुटवल, उसु, तेक्वान्दोर छात्र क्रिकेटमा १६ वटै जिल्लाका खेलाडीहरु सहभागि हुने भएको अध्यक्ष पौडेलले दाबी गरे । यस प्रतियोगितामा प्रथम स्थान हासिल गर्ने जिल्लालाई रनिङ शिल्ड सहित २० हजार, दोश्रो हुनेलाई १५ हजार र तेश्रो हुनेलाई नगद १० हजार ट्रफिको साथमा पुरस्कार वितरण गरीने भएको छ । यही जेठ १९ देखि २१ गतेसम्म काठमाण्डौंमा राष्ट्रिय स्तरको यस प्रतियोगिता हुने भएको हो ।

उक्त अवसरमा हालै पाकिस्तानको लाहुरमा सम्पन्न भएको साउथ एसियन गेम्समा कास्य पदक विजेता वडी विल्डर सुरेस गुरुङलाई जिल्ला खेलकुद विकास समिति, पश्चिमाञ्चल क्षेत्रिय खेलकुद विकास समितिले सम्मान गरेको छ । पुर्व प्रधानमन्त्री माधवकुमार नेपाल, क्षेत्रिय खेलकुद विकास समितिका अध्यक्ष खगराज पौडेल, जिल्ला खेलकुद विकास समितिका अध्यक्ष यम बहादुर गुरुङले सम्मान पत्र सहित खादा लगायर सम्मान गरेका हुन ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button