विपन्न तेइस जनालाई ह्विलचियर वितरण

काठमाडौँ, १८ जेठ –

युवा अपाङ्ग सङ्गठन नेपालले २३ जना अपाङ्गता भएकालाई ह्विलचियर वितरण गरेको छ ।

सङ्गठनले सोमबार यहाँ अपाङ्गता सामग्री वितरण कार्यक्रमको आयोजना गरी आर्थिक रुपमा दयनीय अवस्थामा रहेका उनीहरुलाई ह्विलचियर वितरण गरेको हो ।

कागेश्वरी मनहरा नगरपालिकाका कार्यकारी अधिकृत पुरुषोत्तम अधिकारीले ह्विलचियर वितरण गर्दै अपाङ्गता भएकाका लागि यस्ता कार्यक्रम अत्यन्त आवश्यक र प्रभावकारी रहेको बताउँदै उहाँहरुका लागि नगरपालिकाबाट उपलब्ध हुनसक्ने सबै प्रकारका सहयोग गर्न आफू प्रतिबद्ध छु भन्नुभयो ।

सङ्गठनका अध्यक्ष प्रकाश श्रेष्ठले विगत सात वर्षदेखि अपाङ्गता भएकाको पुनःस्थापना र हकअधिकारका क्षेत्रमा कार्यरत सो संस्थाले अपाङ्गता भएकाका लागि विभिन्न सचेतना कार्यक्रमका साथै अपाङ्गता सहयोगी सामग्री वितरण गरी सहयोग गर्दै आएको जानकारी दिनुभयो । रासस

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button