चारजनामाथि करणी मुद्दा

 

महेन्द्रनगर (धनुषा), १८ जेष्ठ –

धनुषामा एक महिलालाई बलात्कार गरेको आरोपमा चारजनामाथि मुद्दा दायर गरिएको छ ।

धनुषाका प्रहरी नायव उपरीक्षक नकुल पोखरेलका अुनसार जनकपुर उपमाहनगरपालिका– २४ का आकाश सहनी, वडा नं. २३ का अमर साह, १८ वर्षीय फिरोज राइन र महोत्तरी गौशाला नगरपालिका–७ का राजेश साहमाथि करणी मुद्दा दायर गरिएको हो ।

जनकपुरको नयाँ बस बसिौनीमा यही जेठ १० गते साँझ ७ बजेतिर छजना युवाले ३५ वर्षीया एक महिलामाथि सामूहिक बलात्कार गरेको प्रहरीको भनाइ छ ।

पीडित महिलाले चिच्याएर हल्ला गरेपछि स्थानीयवासीले प्रहरीमा खबर गरेका थिए । घटनालगत्तै प्रहरीले बलात्कार आरोपमा चार युवकलाई पक्राउ गर्न सफल भएपनि दुईजना अझै फरार भएको धनुषा प्रहरीले जनाएको छ । रासस

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button