असारे रोपाई महोत्सवको तयारी पुरा, २५ हजार भन्दा बढी सहभागी हुने

पोखरान्युजडटकम, १३ असार-

पोखरा पर्यटन परिषदले आयोजना गर्न लागेको १३ औ असारे रोपाई महोत्सवको तयारी पुरा भएको छ । नेपालको मौलिक कृषी प्रणालीलाई विश्व पर्यटन बजारमा परिचय गराउन परिषदले हरेक वर्षको असार १५ गते रोपाई महोत्सवको आयोजना गर्दै आएको छ ।

‘पोखरा सबै मौसमका लागि’ भन्ने नाराका साथ आयोजना हुने यस पटकको रोपाई महोत्सवलाई मर्यादित बनाउन परिषदले आचार संहितालाई विशेष जोड दिंदै पोखरा १७ स्थित महतगौडाको सात मुरे खेत लाई रोपाई महोत्सवको थलोको रुपमा लिएको छ । रोपाई महोत्सवलाई प्रभावकारी बनाउन पोखरा १७ को ढुङ्गे साँघु बाट सास्कृतिक बाजागाजा सहित एक ¥यालीको समेत आयोजना गरिएको छ । महोत्सवमा विभिन्न प्रकारका दौड तथा रोपाईलाई महत्व दिइएको छ । महोत्सवको उदघाटन संस्कृती पर्यटन तथा नागरिक उडययन मन्त्रि आनन्द प्रसाद पोखरेलले गर्ने छन ।

असारे रोपाई महोत्सवमा विभिन्न मुलुकका २ सय बढी पर्यटकहरु हिलोमा खेल्ने गरी सहभागि हुने आयोजक संस्थाले लिएको छ । महोत्सवको अवसरमा साउने प्रतियोगिता (हल गोरु दौड), आमा समूहहरु बीच असारे गीत तथा रोपाईं प्रतियोगिता, हिलोमा माछा समात्ने प्रतियोगिता, हिले दौड प्रतियोगिता (नेपाली पुरुष), हिले दौड प्रतियोगिता (नेपाली महिला), हिले दौड प्रतियोगिता (बिदेशी पर्यटक पुरुष) र हिले दौड (बिदेशी महिला) प्रतियोगिता हुने कार्यक्रम छ । त्यस्तै, रस्साकसी प्रतियोगिता (बिदेशी तथा नेपाली), पत्रकारहरुको हिले दौड प्रतियोगिता हुने छन ।

महोत्सवको अवसरमा कास्की जिल्लामा उत्कृष्ट हुने र स्थानिय उत्कृष्ट कृषकलाई सम्मान गरिने छ । प्रतियोगितामा प्रथम हुनेलाई नगद ३ हजार, द्वितीय हुनेलाई २ हजार, तृतीय हुनेलाई १ हजार र सान्त्वना स्थान प्राप्त गर्नेलाई ५ सय रुपैयाँ सहित प्रमाणपत्र तथा ट्रफी प्रदान गरिने छ । असारे रोपाईं तथा गीत प्रतियोगितामा प्रथम हुनेलाई ५ हजार, द्वितीय हुनेलाई ३ हजार र तृतीय हुनेलाई २ हजारसहित ट्रफी तथा प्रमाण पत्र प्रदान गरिने छ । महोत्सवमा करीब २५ हजार दर्शक भित्राउने लक्ष्य राखिएको संयोजक डम्बर बहादुर केसीले वताए ।

१३ औं रोपाई महोत्सव वारे पत्रकारलाई जानकारी दिंदै महोत्सबका संयोजक केसीले विगत १२ वर्ष देखि रोपाई महोत्सब पर्यटक माझ परिचित रहेकोले यसको महत्व समेत बढदै गएको वताए । “हामीले महोत्सवलाई अझै परिष्कृत बनाउँदै लगेका छौ” उनले भने “विश्व पर्यटन बजारमा समेत यसको महत्व बढदै गएको छ ।” परिषदका सल्लहाकार एवम पर्यटन व्यवसायी गणेश वहादुर भटट्राइले महोत्सवले देशको कृषीको ग्राहस्थ उत्पादनमा समेत सहयोग पुगेको मात्र नभई यसले युवा पुस्तालाई कृषीमा आर्कषित गर्न सहयोग मिलेको वताए । पर्यटन परिषदका सदस्य बासु त्रिपाठीले असारे रोपाई महोत्सवले पोखरा पर्यटक आगमनको ‘लो सिजन र अप सिजन’को मान्यतालाई कम गर्न सहयोग पुगेको धारणा राखे । उनले भने महोत्सवले पोखराको पर्यटन प्रबर्द्धनमा सहयोग पुर्याएको छ ।

परिषदका अध्यक्ष सोम थापको अध्यक्षतामा भएको पत्रकार सम्मेलनमा संस्थका महासचिव रामु गौतम लगाएतले महोत्सवको महत्व माथी प्रकास पारेका थिए ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button