टान र पर्यटन बोर्डमा समन्वय नहुँदा पर्यटकलाइ सास्ती

पोखरा, ८ भदौ –

ट्रेकिंग एजेन्सिज एसोसिएसन अफ नेपाल (टान) र नेपाल पर्यटन वोर्ड बिच समन्वय नहुदा पदयात्रीहरुले सास्ती भोग्नु परेको छ । वोर्ड र टानले पदयात्री ब्यबस्थापन प्रणाली (टिम्स) बाट संकलित १४ करोड रुपैया पदयात्रीहरुको हकहितको लागि खर्च गर्न नसक्दा पदयात्रामा निस्केका पर्यटकहरुले सास्ती भोग्नु परेको हो । उनीहरुलाई पदयात्राका क्रममा आपतविपत पर्दा अस्थायी रुपमा बस्ने टहरा समेत नहुँदा सास्ती भोग्दै आएको स्वय पयृटन व्यवसायीहरुले वताउँदै आएका छन ।

पदयात्री व्यवस्थापन प्रणाली (टिम्स) वापत टानको हाल करीब १४ करोड रुपैया अझै पनि वेरुजु देखिएको छ । २०६६ साल देखि टिम्समा संकलन भएको करीब ७० करोड रुपैया मध्ये टानको हालसम्म करीब १४ करोड रुपैया बेरुजु देखिएको नेपाल पर्यटन वोर्डका बरिष्ठ सहायक प्रवन्धक नविन पोखरेलले बुधबार पोखरामा आयोजित पत्रकार सम्मेलनमा बताए । प्रवन्धक पोखरेलले टानले नेपाल पर्यटन वोर्डसंगको समन्वयमा खर्च गर्नु पर्ने थियो तर अधिकार क्षेत्र भन्दा बाहिर गएर विभिन्न शिर्षकमा खर्च गरेकोले उक्त रकम वेरुजु देखिएको बताए । उनले भने “जव सम्म टानले यो वेरुजु रकमको हिसाव किताव मिलान गर्न सक्दैन तव सम्म यसको समस्या थप वल्झदै जान्छ, हामीले टिम्सबाट संकलन भएको ३० प्रतिशत रकम टानलाई दिने गरी सम्झौता भए पनि वेरुजु भएका कारणले गर्दा २०७० फागुन देखि टिम्सबाट संकलन भएको रकम दिन नसकेका हौं ।”

पदयात्रामा निस्कले विदेशी पर्यटकहरुसंग नेपाल पर्यटन वोर्ड र टानले प्रबेश शुल्कः उठाउदै आएका हुन । विदेशी पर्यटक आफुखुसि पदयात्रामा निस्कदा प्रति व्यक्ति २ हजार र गाईड वा पोर्टरको साथमा पदयात्रामा निस्कदा भने प्रति पर्यटकको प्रवेश शुल्क एक हजार रुपैया निर्धारण गरीएको छ । नेपाल पर्यटन वोर्डले टिम्सको करीब २० करोड रुपैया टानसंगको सम्झौता अनुसार पर्यटन प्रवद्र्धनमा खर्च गरेको पोखरेलले दाबी गरे । टानले करीब १४ करोड जसो टिम्सको रकम वोर्डबाट लगेको उनले जनाए । २०६६-०६७ महालेखाको प्रतिवेदनमा टानको पैसा उद्धेश्य वमोजिम खर्च नभएको भनि एकिन गरे पछि टान र वोर्डको दुरी बढ्दै आएको हो । राजनीतिक कारणले गर्दा समयमा वोर्डमा प्रमुख कार्यकारी अधिकृत नहुदा पनि यस्तो समस्या आएको व्यवसायीहरु बताएकाछन । टानका अध्यक्ष चन्द्र रिजालले आफु टानको अध्यक्षमा आएको ११ महिना वितिसक्दा सम्म पनि वोर्डबाट एक रुपैया पनि टिम्सको रकम नपाएको गुनासो गरे । उनले भने “अघिल्लो दुई कार्यसमितिको वेरुजुको कारणले गर्दा हाल आफुहरुले पाउनु पर्ने रकम पनि वोर्डले रोकेको छ, हामीले चाहेर पनि यदयात्रीहरुको लागि केहि कामहरु गर्न, पाएका छैनौं, पदयात्रीहरुको हकहितमा हामीले जति काम गर्नु पर्ने हो खासै भएको पनि छैन ।” टानको वेरुजु भएको सवै रकम वेरुजु नभई केहि रकमको विल भरपाई नमिलेको उनको दावी थियो ।

पर्यटन विभागका महानिर्देशक सुदर्शन ढकालले टिम्स कोषको पैसा खर्च गर्दा टान जिम्मेबार बन्नुपर्ने बताए । उनले भने “टिम्स कोष को पैसा टिम्सको मुख्य उद्देश्य प्राप्तिको लागि खर्चिनु पर्छ ्र यो पैसा विदेश भ्रमणमा, टानले आफुखुसि खर्च गर्ने होईन ।” टिम्सको रकम दुरुपयोग गर्नेहरुको स्वतपत्र सार्वजनीक गरी उनीहरुलाई जिम्मेवार बनाउनु पर्ने उनले जोडदार माग गरे । उनले पदयात्रीहरुको लागि रकम खर्चनु पर्नेमा पदयात्रीहरु हिड्ने स्थानहरुमा झुप्राहरु पनि नभएको बताए । नेपाल पर्यटन बोर्डका कार्यकारी अधिकृत दिपकराज जोशीले आपासी असमझदारी बढाउनु भन्दा बोर्ड र टानले समस्या समाधानका उपायहरु खोज्नुपर्ने बताए । उनले भने “बोर्ड र टान टिम्सका मुख्य साझेदार हुन्  हामीले समस्या उठाउने मात्र हैन, समाधानका लागि काम गर्नुपर्छ,’ पदयात्रीहरुको केंद्रिकृत तथ्यांक राख्ने ब्यबस्था यथाशक्य चांडो गर्नु पर्छ । ” अनाधिकृत पदयात्रा संचालन गर्न निरुत्साहित गर्न पदयात्रिहरुलाई सुरक्षाको प्रत्याभूति दिन टान र बोर्ड मिलेर साझेदारीमा काम गर्नू पर्ने उनको भनाई छ ।

यसैबिच, पूर्व पर्यटन मन्त्रि तथा नेकपा (माओबादि केन्द्र) का पर्यटन इन्चार्ज लोकेन्द्र बिस्ट मगरले टिम्सको रकम दुरुपयोग हुनुमा सुरु देखि व्याबस्थापन पक्ष कमजोर भएको वताए । उनले भने “पदमार्गमा हावा, हुरी, पानी र हिउँ पर्दा पदयात्रीहरु वस्नको लागि अस्थायी टहरा छैन, हालसम्म टिम्सबाट उठाएको रकम कहाँ खर्च भयो । ”

कार्यक्रममा टान केन्द्रीय सदस्य तथा टिम्स संयोजक तारानाथ लामिछाने ‘दिनेश’ ले विभिन्न कारणहरुले गर्दा टिम्स लागु गर्नाको मुख्य अभिप्राय पदयात्रीहरुको केन्द्रिय तथ्यांक राख्न नसकेको जनाए । अबैधानिक रुपमा पदयात्रा गतिबिधि संचालन प्रबृत्ति बढेको उनको आरोप छ ।

त्यसैैगरि पर्यटन बोर्डका कार्यकारी सदस्य कृष्णकुमार अर्यालले टिम्स कार्यान्वयनमा दुवै पक्षको कमीकमजोरी देखिएको बताए । नेपाली कांग्रेस केन्द्रीय सदस्य गोबिन्द भट्टराईले टिम्स पदयात्रा क्षेत्रको लागि आवश्यक रहेकाले दुवै पक्ष मिलेर जानुपर्ने बताए । नेकपा एमालेका पर्यटन इन्चार्ज सुर्य थापाले टानले टिम्सको प्रभावकारी कार्यान्वयनको लागि कार्यबिधि बनाएर जान आग्रह गरे । टिम्स कोषमा टानको तर्फबाट बेरुजु कसको नाममा छ एक श्वेतपत्र जारि गरि सार्बजनिक गर्न उनले माग समेत गरे । अन्तरक्रियामा टान केन्द्र र क्षेत्रीय संघ पोखराका पदाधिकारीहरु, पोखरास्थित बिभिन्न पर्यटन संघ संस्था, एक्याप, पर्यटन प्रहरी, नेपाल प्रहरी बैदेशिक बिभाग, संचारकर्मी लगायतको उपस्थिति रहेको थियो ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button