बार्गेनिङ र कम खर्च गर्ने पर्यटक पोखरामा

पोखरा, भदौ –

पोखराको पर्यटनमा आशा पलाउदै छ – व्यवसायी

साँच्चै पोखरा जति मात्रमा विश्व सामु परिचित छ, तर त्यसको तुलनामा गुणस्तरका पर्यटकहरु भने नगन्य रुपमा आउने गरेका छन । नेपालमा सन १९९८ मा करीब ९ लाख पर्यटक भित्राए पनि त्यस पछि विभिन्न पर्यटन प्रवद्र्धनका कार्यक्रमहरु भए पनि एक बर्षमा ८-९ लाख भन्दा बढी पर्यटक भित्राउन सकिएको छैन । नेपालमा पछिल्लो बर्षमा आएका पर्यटकहरु कम गुणस्तरका र बढी बार्गेनिङ गर्ने खालका भएको व्यवसायीहरुले गुनासो गरेका छन ।

पोखरा विश्वकै सस्तो शहरको रुपमा परिचित भएको अबस्थामा यहाँ प्राय कम खर्च गर्ने पर्यटकहरु आउने गरेका छन । पोखरा क्षेत्रमा लक्षित गरेर प्रायः गरी सि, डि, ई ग्रेडका पर्यटकहरु आउने गरेको व्यवसायीहरु बताउछन । पश्चिमाञ्चल होटल संघका अध्यक्ष भरतराज पराजुलीले पोखरामा सि, डि, ई ग्रेडका विदेशी पर्यटकहरु आउने गरेको दाबी गरे । उनले भने “ नेपालको परिस्थिति अनुसार, यहाँको वातावरण अनुसार, यहाँको हवाई मार्गको संजाल लगायतका कारणले गर्दा यहाँ दैनिक एक जना विदेशी पर्यटकहरुले सामान्यतया ५० डलर खर्च गर्ने गर्दछ । हाम्रो क्षेत्रमा आउने ए र बि ग्रेडका पर्यटकहरुले ३-४ सय डलर खर्च गर्न पनि कठिन भएको उनले बताए । पोखरा सहित नेपालको भौतिक संरचना, विश्व सम्पदामा परेका सम्पदाको संरक्षण विना पनि हामीले गुणस्तरीय पर्यटकहरु भित्राउन नसकेको उनले बताए । साना तथा मझौला किसिमका होटलहरु पोखरामा आवश्यक भन्दा बढी भएको बताएका पराजुलीले गुणस्तरका र पोखरा आसपासका क्षेत्रमा पनि होटलहरु आवश्यक भएको बताए । होटल पिस प्लाजाका संचालक समेत रहेका पराजुलीले मनमोहक वातावरणमा रहेका सम्पदाहरुको उचित मर्मत गर्न नसके झन भन्दा झन कम गुणस्तरीका पर्यटकहरु आउने जनाए ।

नेपाल पर्यटन वोर्डका पुर्व सदस्य एवं पोखराका पर्यटन व्यवसायी गणेश बहादुर भट्टराईले राम्रो हवाई मार्ग र नेपालको राजनीतिक कारणले गर्दा पोखरेलीले गुणस्तरीका एकै दिनमा ६-७ सय डलर खर्च गर्ने पर्यटकहरु भित्राउन नसकेको बताए । बढी खर्च गर्ने पर्यटकहरु भित्राउन गुरुयोजना आवश्यक भएको बताएका भट्टराईले आवश्यक विश्व बजारमा मार्केटीङ समेत आवश्यक भएको जनाए । वुमर्याङ रेष्टुरेण्टका संचालक समेत रहेका भट्टराईले गुणस्तरका होटल तथा रेष्टुरेण्टहरुमा पोखरामा पर्याप्त मात्रमा लगानी नहुनुले पनि पोखरेलीहरुले गुणस्तरीय पर्यटक भित्राउन नसकेको दाबी गरे । उनले भने “यहाँ मध्यम बर्गका पर्यटकहरु धेरै छन, हाम्रो संरचना पनि त्यस्तै किसिमको छ, आएका पर्यटक नै बाडिनु पर्ने भएकोले यहाँ प्रत्यक्ष अप्रत्यक्ष रुपमा अस्वस्थ प्रतिष्प्रर्धा छ।”

पोखराको पाँच तारे होटल ग्राण्डमा ६ वटा सुईट रुम रहेका छन यी रुमहरु अधिकाशं दिन खाली कहिले काहि मात्र बुकिङ हुन्छन । होटलका फ्रन्ट अपिस म्यानेजर सम्झना गुरुङले आफ्नो होटलमा आएका पाहुनहरु मध्य करीब २ प्रतिशतले मात्र सुईट रुमको प्रयोग गर्ने गरेको बताईन । गत बर्ष भूकम्पको समयमा ५० प्रतिशत वुकिङ भएकोमा यस चालु आर्थिक बर्षको अक्टुवर, नोवेम्वरमा हालसम्म ८० प्रतिशत जसो अग्रिम वुकिङ भएको गुरुङले बताइन ।

टेम्पल ट्रि रिसोर्टका संचालक वसन्त गौतमले अहिलेको अबस्थामा पर्यटकहरु सन्तोसजनक रुपमा पोखरा आएको बताउदै उच्चगुणस्तरका पर्यटकहरु न्युन सङख्यामा आउने गरेको बताए । उनले भने “ पोखरा क्षेत्रमा प्राय हामीहरुले मध्यम बर्गका पर्यटकहरुलाई लक्षित गरी होटल तथा लजहरु निमार्ण गरेका छौं, हाम्रो यहाँको भौतिक पुर्वाधार सडक तथा हवाई मार्ग सहज नभएकोले पनि उच्च गुणस्तरका पर्यटकहरु कम आएका हुन । ” आफ्नो रिसोर्टमा प्राय गरी मध्यमबर्ग विदेशी तथा आन्तरीक पर्यटकहरु आउने गरेको बताए ।

बुकिङ भएका सवै जसो डिलक्स रुमहरु छ भने २ प्रतिशत जसो मात्र सुईट रुम रहेका छन । होटल बाराहीका संचालक विप्लप पौडेलले आफ्नो होटलमा एक प्रतिशत जसो ए ग्रेडका पर्यटकहरु आउने गरेको बताए । उनले भने “हामी कहाँ आउने बी, सी, डी ग्रेडका पाहुनाहरु हुन, नेपालमा पटक पटक बन्द हड्ताल लगायतका कारणले गर्दा चाहेर पनि ए ग्रेडका पाहुना आउने वातावरण छैन। ” पोखरामा गुणस्तरीय होटल सहित अन्य भौतिक संरचना कम भएकोले मध्यम स्तरीय होटल देखि विभिन्न क्षेत्रमा मध्यम बर्ग लीक्षत प्रतिष्प्रर्र्धा हुने गरेको उनले बताए ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button