असोज दोश्रो साता देखि पाँचौं संगम कप सेभेन ए साईड फुटबल पोखरामा हुने

पोखरा –

पोखरामा यही असोज दोश्रो साता देखि पाँचौं संस्करणको संगम कप सेभेन ए साईड फुटवल प्रतियोगिता २०७३ हुने भएको छ ।

संगम क्लवको आयोजनामा माछापोखरी खेल मैदानमा यही असोज १५ देखि २२ गतेसम्म उक्त प्रतियोगिता हुने भएको क्लवका अध्यक्ष शिव गुरुङ्ग (माया) ले बताए । संगम, एल.जी, हङ्गकङ्गको मुख्य प्रायोजनामा ६ दिनसम्म संचालन हुने उक्त प्रतियोगितामा करीब ४० टिमको सहभागिता रहने भएको अध्यक्ष गुरुङ्गले जनाए ।

प्रतियोगितामा विजेता टिमलाई १ लाख २१ हजार १ सय ११ रुपैया र दोश्रो हुने टिमलाई भने ६१ हजार १ सय ११ रुपैया साथमा ट्रफि मेडल र प्रमाणपत्र वितरण गरीने भएको छ । प्रतियोगितामा उत्कृष्ट खेलाडीले ५ हजार प्राप्त गर्ने भएको छ । त्यसै गरी उत्कृष्ट गोलरक्षक, उत्कृष्ट स्टाईकर, उत्कृष्ट डिफेन्स र हाईस्कोररलाई जनहि दुई दुई हजार साथमा ट्रफि प्रदान गरीने भएको छ ।

शिखर बहुउद्धेश्य सहकारी संस्थाका अध्यक्ष एवं समाजसेवि रवि शर्माले पहिलो पुरस्कार प्रायोजना गरेका छन भने मुख्य प्रायोजक संगम, एल.जी, हङ्गकङ्गले उक्त प्रतियोगिताको लागि करीब ५ लाख रुपैया आर्थिक सहयोग गरेकोे क्लवले जनाएको छ । प्रतियोगितामा अन्तिम टिम दर्ताको समय सिमा भने यही असोज १३ गतेसम्म भएको प्रतियोगिताका संयोजक सुर्य बहादुर गुरुङ्ग ( राजु) ले बताए । त्यसै गरी सह प्रायोजकको रुपमा संगम युके, संगम जापान, संगम मकाउ, संगम सिंगापुर रहेका छन । फुटवल खेलको विकास गराउने उद्धेश्यले नेपालीहरुको महान पर्व वडा दशैं तथा शुभ दिपावालीको अवसरमा उक्त प्रतियोगितालाई निरन्तरता दिदै आएको क्लवका अध्यक्ष गुरुङ्गले बताए ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button