तनहुका सोमले जिते राष्ट्रिय क्याक म्याराथन

पोखरा –
तनहुंका सोमबहादुर मगर प्रथम राष्ट्रिय क्याक (के – १) म्याराथन प्रतियोगितामा प्रथम स्थान हात पार्न सफल भएका छन् ।

नेपाल ¥याफ्टिङ्ग एन्ड क्यानोईङ्ग संघको सहयोग तथा नवलपरासी ¥याफ्टिङ्ग एन्ड क्यानोईङ्ग जिल्ला संघको आयोजनामा नारायणी नदीमा भएको प्रथम क्यायाक म्याराथनमा मगरले १६ कि.मि.को दुरी १ घन्टा ३ मिनट २६ सेकेन्डमा पुरा गरेका थिए । दोश्रो भएका तनहुंकै खेमबहादुर थापाले दुरी पुरा गर्न १ घन्टा ३ मिनट ३३ सेकेन्डको समय लगाएका थिए । तेश्रो स्थानमा १ घन्टा ४ मिनट ९ सेकेन्डका साथ चितवनका राजेन्द्र गुरुङ्ग रहे । यस्तै चौथो स्थानमा १ घन्टा ४ मिनट ४८ सेकेन्डका साथ तनहुंका भरत गुरुङ्ग र पाँचौ स्थानमा १ घन्टा ५ मिनट ४ सेकेन्डका साथ चितवनका सविन गुरुङ्ग रहे ।

kayak-champions-with-guest
kayak-champions-with-guest

विजयी खेलाडीहरुले क्रमश १५, १२, ८, ५ र ३ हजार नगद सहित मेडल र प्रमाण पत्र प्राप्त गरेका थिए । विजयी खेलाडीहरुलाई प्रमुख अतिथी चितवनका प्रमुख जिल्ला अधिकारी दीपक प्रकाश सिंह, नायब महानिरीक्षक रणबहादुर चन्दले पुरस्कार वितरण गरेका थिए ।

विभिन्न जिल्लाका २७ खेलाडीहरुले सहभागिता जनाएको म्याराथन प्रतियोगिता चितवनको जुगेडीबाट सुरु भई नवलपरासीको गैडाकोटमा गएर सम्पन्न भएको थियो ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button