पोखराको बैदाम, फेवा अनि ‘प्याराडिसो’

केशब पाठक-

टह–टह  जुन , फेवा तालको किनार, ताल पारीका वत्तिहरुको एकनास फेवाको पानीमा छचल्किएको प्रकाश र वारी, फेवा किनारका रेष्टुरेन्टहरु अनि त्यहाँ बाट एक तमासले निस्किने धुनहरु, यति काफी हुन्छ जो कोहीलाई आफ्नो मन रमाउँन अनि मुटु साँटासाट गर्न । त्यसैले पनि सन्ध्याकालिन प्रहर पोखराको बैदाम सबैका लागि मन छुने हुन्छ, लोभ्याउने हुन्छ । यसैले  पोखरा सबैको मन – मनमा बस्छ अनि  पटक  पटक घुम्ने  रहर प्राय सबैलाइ यसले जगाएरै छाड्छ ।

पोखरा घुम्न आउने पर्यटकका लागि यहाँको मनोरम प्राकृतिक सौन्दर्यता संगै यहाँको आतिथ्यताले जो कोहिलाई पनि लोभ्याउँछ । यो संगै अझै ‘फुड, ड्रिंक्स  र म्युजिक’ को मज्जा लिनको लागि पोखरा अन्य शहरको तुलनामा निकै अगाडि छ । फेवातालको नजिकै खुलेका रेष्टुरेन्ट र बार हरुले पर्यटकलाई आनन्दीत गर्न र मन प्रफुल्लित बनाउन एक पटक उनीहरुलाई त्यहाँ नछिरी सुख्खै छैन । फेवा ताल संग मन मुटु गाँस्दै फेवा किनारका रेष्टुरेन्ट हरुमा रमाउने अनि त्यो क्षणलाई जिवनको पल–पलमा समेट्न सबैको चाहना बनेर मस्तिष्कमा घुमाउने ।

‘फुड, ड्रिंक्स र म्युजिक’ पोखराको विशेषता नै हो । चाहे त्यो पाश्चात्य होस वा ठेट नेपाली लोक संगित वा सुगम संगित वा गजल । सम्साँझै पोखराको बैदाम क्षेत्रमा खोलिएका रेष्टुरेन्टहरुमा सुरु हुने संगितका ध्वनीले मन लोभ्याउन काफी हुन्छ । तिनै रेष्टुरेन्ट र बारहरुका भिडमा यस क्षेत्रले नयाँ बार पाएको छ त्यो हो ‘प्यारडिसो स्पोर्ट्स बार एण्ड ग्रिल’ । यसका संचालक हुन युवा व्यवसायी गोपी बहादुर भटराई । भटराई यो व्यवसायमा लामो अनुभव संगालेका व्यवसायी हुन ।

gopi-bhattraiआफ्नै पुस्तैनी जग्गामा उनले नयाँ अवधारणामा ‘प्यारडिसो स्पोर्ट्स बार एण्ड ग्रिल’ लाई सबैका लागि पस्किएका छन । उनी यो क्षेत्रमा अनुभव संगालेका व्यवसायी हुन । उनि स्वयं द्द्वारा  संचालित  प्याराडाइज  रेष्टुरेन्ट एण्ड बारले उनको परिचय स्थापित गराइसकेको छ । भटराई व्यवसायीक कारणले मात्र स्थापित छैनन उनी खेलकुदमा उत्तिकै सक्रिय छन । उनको सरल र सहज व्यक्तित्वका कारण उनी सबैको प्रिय छन । उनी सामाजिक कार्यमा समेत निकै अगाडी छन । उनले प्यारडिसो सुरु गर्नु अगावै उनले कास्कीको भकुण्डे स्थित शिद्ध बाबाको मन्दिर पुर्ननिर्माण गर्न एक लाख समेत प्रदान गरे । यो सामाजिक कार्यमा उनले निरन्तरता दिने उनको भनाई छ ।

उनले प्याराडिसोको नाम पछाडी स्पोर्ट्सको थिमलाई प्रयोग गरेका छन । त्यो भटराईको खेलकुद प्रतिको लगाव हो भन्न सकिन्छ । प्याराडिसोको प्रमुख विशेषता भनेको खानाको स्वाद संगै लाइभ गेम हेर्नु हो जुन वारको हरेक कुना बाट लिन र हेर्न सकिन्छ । उनले प्यारडिसो बारलाई पारिवारिक बारको रुपमा अगाडी वढाउन खोजेको वताउँछन । उनी भन्छन–‘बार भन्ने वित्तिकै हाम्रो समाजमा नकारात्मक धाराणा छ म त्यो चिर्न चाहन्छु ।’ ‘हामी सँग प्रोफेसनल टिम छ जसका कारण बारमा सबैका लागि सहज वातावरण बनाउने प्रयास गरेका छौ’–उनले भने । यसमा ग्राहक हरुलाई खोजेको र रोजेको खानाको स्वाद संगै शुरक्षालाई समेत प्राथमिकतामा राखिएको छ । एउटै छाना मुनी ३ सय जनालाई सेवा दिने व्यवस्था आफुहरुले गरेको उनले सुनाए ।

‘फुड, ड्रिंक्स र म्युजिक’ प्यारडिसो स्र्पोट्स बार एण्ड ग्रिलको प्रमुख ‘स्लोगान’ नै हो । फराकिलो क्षेत्र संगै जुन कुनै स्थान बाट समेत ठूलो स्क्रिनमा राखिएको टेलिभिजन बाट खेलकुदको मनोरञ्जन लिन सकिन्छ । त्यती मात्र नभई लाइभ संगितलाई समेत विशेष प्राथमिकतामा राखिएको छ । लाइभ कन्सर्ट प्यारडिसो स्र्पोट्स बार एण्ड ग्रिल’को अर्को प्रमुख विशेषता हो । प्याराडिसो स्र्पोट्स बार एण्ड ग्रिल’ मा स्थानिय ब्याण्ड र नेपालका चर्चित व्याण्डहरुको लाइभ संगितको स्वाद चाख्न पाइन्छ । यसका साथै ग्राहकहरुको चाहना बमेजिमको संगितको आनन्द लिन पाइने सुविधा प्याराडिसोले उपलक्ष्ध गराउने भटराईले बताए । प्याराडिसोले हरेक तिन–तिन महिनामा देशका चर्चित व्याण्डहरुलाई समेत निम्ताउने छ ।

paradiso-live-concert

बारमा गेम, चेस लगाएतका खेलहरु खेल्ने समेत व्यवस्था छ । बारमा जन्मदिन, म्यारीज एनिर्भसरी, संस्थाका कार्यक्रम, प्राइभेट पार्टी गर्नका लागि समेत विषेश व्यवस्था मिलाइएको छ । बारमा फ्रन्ट, बालकोनी, फेवाफ्रन्ट लगाएतका ठाउँमा बसेर ‘फुड, ड्रिंक्स  र म्युजिक’ रमाउन पाइने छ । फेवातालको मनोरम दृष्यसँगै रात्री तथा दिवाकालिन सेवा उपलब्ध गराउने सञ्चालक भटराईले जानकारी दिए । बारमा अल्कोहल मात्रै नभई नन् अल्कोहलिक डिङ्कहरुको विषेश व्यवस्था रहने भएकोले पनि यो पारिबारिक बार भन्न रुचाउने उनको भनाई थियो ।

paradiso-sports

करिब दुइ करोडको लगानमिा खोलिएको हो प्याराडिसो स्र्पोट्स बार एण्ड ग्रिल । पर्यटकिए क्षेत्रमा लगानी गर्नु चुनौती रहिरहेको बेला भटराईले आँट देखाएका छन । उनले भने ‘प्राइभेट सेक्टरको प्रर्यटनमा ठूलो लगानी छ र यो रिस्की पनि छ ।’ ‘यसमा प्यासन् संग संगै धैर्यताको पनि उत्तिकै खाँचो छ’ भन्छन भटट्राई । यति बेला लगानी एकै वर्षमा ब्रेक इभेनमा नजान सक्छ सायद पाँच वर्ष कुर्नु पर्ने पो हो की ? यसको उत्तर अलि अप्ठ्यारो रहेको भटराई बताउँछन । ‘निजी क्षेत्रले जसरी लगानी गरेको छ त्यस्को उचित शुरक्षा र संरक्षणमा राज्यको त्यती चासो नरहनु दुख लाग्दो विषय रहेको उनको भनाइ छ ।

पर्यटकिय क्षेत्र २४ घण्टा नै खोल्नु पर्ने हो । तर पोखरेली पर्यटन व्यवसायीले यो सुविधा पाएका छैनन । १० बज्दा नबज्दै व्यवसाय बन्द गर्नु पर्ने स्थिती रहेको गुनासो पर्यटन ब्यवसायीको लामो समय देखिको हो । स्वयम भटट्राई पोखरामा अवेर गरि राती आउने पर्यटकका लागि खाना र बस्नको समस्या रहेको बताउँछन । उनी भन्छन–‘जे जस्तो भए पनि प्रशासनले कम्तिमा एक बजे सम्म खोल्न दिनु पर्छ’ ‘विश्वका अन्य पर्यटकिए क्षेत्रहरुको तुलनामा यो समय कम भए पनि राती आउने पर्यटकका लागि केही सुविधा हुन्थ्यो की ?’ उनी भन्छन । तर यसमा स्थानिय प्रशासन भने मौन छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button