२१ बर्षे युवाले रुपाकोटमा खोले हिलटप रेष्टुरेण्ट

 पोखरा-
कास्कीको पर्यटकीय गाँउ रुपाकोट भैरव मन्दिरको फेदीमा  हाम्रो रुपाकोट हिलटप रेष्टुरेण्ट एण्ड बार रुपाकोट कोट  संचालनमा ल्याएका छन् । २१ वर्षे रमेश गुरुङ्ग र कुमार गुरुङ्गले बार  संचालनमा ल्याएका छन् ।

वैदेशिक रोजगारीमा जान ठिक्क परेका गुरुङ्गले विदेशको मोह त्यागी नेपालमै केही गर्ने उद्देश्यले संयूक्त लगानीमा रेष्टुरेण्ट संचालनमा ल्याएको बताएका छन् । त्यही भएर यही केही गर्यौ भन्ने लागेर रेष्टुरेण्ट संचालनमा ल्याएको उनले बताए । अर्का संचालक रमेश गुरुङ्ग १० वर्ष वैदेशिक रोजगारीको सिलशिलामा दुवइ बसेर आएका हुन् । जहाँ गए पनि मिहेनत नै सबैभन्दा ठूलो कुरा भएको बताउँदै अव यही डाँडामा आफूले भविष्य देखेको बताए ।

उनको रेष्ुटुरेण्टमा अहिले आन्तरिक तथा बाह्य पर्यटकको ताँती नै देखिन्छ । उक्त रेष्टुरेण्टबाट बेगनास ताल, रुपाताल, पोखराको फेवाताल तथा लेखनाथका सुन्दर प्राकृतिक दृष्य एकैसाथ अवलोकन संगै सुपथ मूल्यमा लोकल कुखुराको मासु, माछा, गन्द्रुक, ढिडो साथै स्थानिय परिकारको मज्जा लिन सकिन्छ । पोखराबाट करिब ४५ मिनेटको दुरीमा रहेको यो ठाँउ प्राकृतिक सुन्दरताको आकर्षणको केन्द्र पनि हो ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button