पोखराको अर्मलामा ४५ लाखको लागतमा बन्यो बास्केटबल कोर्ट

पोखरा-

पोखराका अर्मला कोटमा ४५ लाखको लागतमा बास्केटवल कोर्ट निर्माण कार्य करिव सम्पन्न भएको छ । करिव ६ रोपनी जग्गामा बनेको उक्त बास्केटबल र भलिवल कोर्ट वाट पोखराको सम्प्र्ण तथा मनोरम हिम श्रिंखलाहरुको दृश्यावलोकन गर्न सकिन्छ । पोखरा उपमहानगर पालिका वडा नं २८ भित्र बनेको यो नै पहिलो सुविधा सम्पन्न वास्केटबल कोर्ट रहेको नेपाल ओलोम्पिक कमिटीका सदस्य तेज गुरुङ्गले जानकारी दिए । अर्मला हाल युके निवासी जित वहादुर गुरुङ्ग (डव्लु. ओ. वान) को पहलमा अर्मला कोट युके समाजको सहयोगमा वास्केटबल कोर्ट अर्मला कोटमा रहेको सिता प्रावीको प्राङ्गणमा वनेको नेपाल वास्केटबल संघका उपा्रध्यक्ष जुम प्रसाद गुरुङ्गले वताए ।

“कुनै बेला अर्मलाकोट छेलो खेल्ने ठाँउका लागि प्रशिद्ध थियो” जित वहादुरले भने–“हरेक श्रीपंचमीको मेलामा यहाँ छेलो प्रतियोगिता हुन्थ्यो र टाढा–टाढा बाट छेलो खेल्न अर्मला आउँथे, तर अहिले त्यो समय रहेन, समय परिवर्तन संगै हामीले यहाँ भलिवल र बास्केटवल कोर्ट बनाउने निधो ग¥र्यौ र सफल पनि भयौं ।” जित वहादुरको विशेष रुची भनेको शिक्षाको लागि रहेको उनले बताए । “गाँउको यस्तो रमणिय स्थानमा भएको विद्यालयमा विद्यार्थी घटुदै जानु चिन्ताको विषय थियो गाँउका वावु नानीलाई विद्यालयमा आर्कषित गर्न पनि खेल मैदान आवश्यक थियो”– जित वहादुरले भने ।

समुद्र सतह देखि करिव १५०० मिटरको उचाइमा अवस्थित अर्मलाकोटमा कोर्ट निर्माण सम्पन्न गर्न युकेमा कार्यरत गाँउका चेली वेटी र गाँउले हरुले ठूलो सहयोग गरेको जित वहादुरले वताए । पहिलो फेजमा जग्गा किन्ने, १ सय ४० थान तार जाली लगाउने, मैदान सम्याउने कार्य सम्पन्न गरिएको उनले वताए । दोश्रो फेजमा कोर्टमा खेल हेर्नका लागि भि.आइ.पी स्टण्ड, दर्शकको खेल हेर्न सुविधाका लागि प्याराफिट समेत बनाइएको छ भने टान्सपरेन्ट फाइवर वोर्ड राखिएको छ जसको मु्ल्य ८० हजार रहेको र काम सम्पन्न गर्न ५ प्रतिशत वाँकी रहेको जित बहादुरले बताए ।

३० वर्षे सेनाको जिवन र १७ वर्षे निजी जागिरे जिवन विताएका जितबहादुरलाई सिता प्रावीले एक कार्यक्रम गरि सम्मान गरेको छ । सम्मान कार्यक्रममा नेपाल ओलोम्पिक कमिटीका सदस्य तेज गुरुङ्गले समाज विकासकालागि सफा मन आवश्यक रहनु पर्ने बताए । उनले भने “भावि सन्ततीका लागि पनि सवैले सकारात्मक भएर सोच्न र कार्य गर्नु पर्छ ।”

सो अवसरमा जापानी नागरिक तथा समाजसेवी कियोसी सातो सानले सिता प्रावीका लागि १ लाख जापानी ऐन (नेरु करिव ८४ हजार) विद्यालय व्यवस्थापन समितीका अध्यक्ष क्या. भुपाल सिंह गुरुङ्गलाई हस्तान्तरण गरे । रिटायर्ड इन्जिनियर समेत रहेका ८० वर्षका उनी हरेक वर्ष विद्यालयका लागि जापानमा सहयोग रकम जुटाउने र अर्मला पुुगेर सहयोग गर्दै आएका छन । उनी र जित वहादुरलाई सो अवसरमा विद्यालय, गाँउले समाज, आमा समुह तथा युवा क्लव संयुक्त रुपमा सम्मान गरेको थियो ।

सो अवसरमा अर्मलामा नव निर्मित गुरुङ्ग सामुदयिक घर (खेपना) का अध्यक्ष कर्ण वहादुर गुरुङ्गले सामाजिक कार्यमा अनावश्यक आरोप लाग्नु स्वाभाविक रहेको वताए । कार्यक्रममा लायन्स क्लव अफ पोखरा चौतारीका रमेश केसी, एमाले गाविस अध्यक्ष चुडामणी आचार्य अन्नपुर्ण मावीका प्रअ यम नारायण लामिछाने, सिता प्रावीका प्रअ गणेश खत्री लगाएतले अर्मलाको विकासका लागि बोलेका थिए ।

सम्बन्धित न्यूज

प्रतिक्रिया

  1. सर्ब प्रथम त Pokharanews.com लाई धेरै धेरै धन्याबद् आज अर्मला कोट गाउँका इस्थानिय बासी साथै बिदेश्मा रहेका अर्मला कोट बासिले गरेका सामुहिक कार्यको कदर् गरी सम्पूर्ण नेपालीको घर दैलोमा साथै सम्पूर्ण सामाजिक सँजाल्मा यो सँदेश्को प्रबह गरिदिनु भएकोमा अर्मला कोट युके भाब पूर्ण अभार ब्यक्त गर्न चाहन्छ । आफ्नो गाउँ आँफै बनाउ परिवर्तन आँफै बाट सुरुवत गरोउँ भन्ने एक सामाजिक सन्देश बोकेको यो गाउँले संगठन्लाई सधैं Pokharanews.com जस्ता सन्देश प्रबहक साथै सम्पूर्ण स्वत्छ् नेपाली मन र सुन्दर नगर पोखराका पोख्रेलिको सधैं साथ चाहिछ भन्ने अडान मा हामी बिस्वस्त् छोउँ । एक सुन्दर नगरी पोखाराको छेवैमा भएर पनि अरु गाउँको तुलनमा बिकासको पक्षमा पछाडिएको एस गाउँको उत्थान्को लागि आदर्णीय समाज सेवी श्री जित बहादुर गुरुङ ज्यु सामाजिक भाबनाले ओत्प्रोत भएका आदर्णीय शेरा गुरुङ ज्यु साथै धेरै अर्मलाको भलो चाहने आर्मले शुभ चिन्तक हरु अब्बद्द भएर एस काम अगाडि बडिरहेको छ । यस् गाउँको परम्पारा र् रितिरिवज्को सम्रक्षण गर्दै इस्थानिय स्रोत र साधन लाई उपयोग गरी गाउँको बिकास र् जीवन इस्तर उकस्न सहयोग गरोउँ हाम्रो यो लक्ष नै हाम्रो मन्त्र हो । अजसम्म्को सफलताको लागि सम्पूर्ण आर्मलेलाई र् हाम्रा इस्ट मित्र शुभ चिन्तकहरुलाई धन्याबद् दिन चाहन्छोउ । सम्पूर्ण खेल प्रेमी नेपाली मन् हरुलाई येसै सन्देश्को साथ् अर्मला गाउँमा नीम्तो दिन चाहन्छोउ यो हाम्रो आफ्नै ठाउँ हो । तपाईं सम्पूर्ण युबक युबती साथीहरु यस् ठाउँ को उपयोग गरी येस्को सम्बर्दन् र् सम्मान्को दयित्व पुरा गरोउँ हमी आँफै बिच मित्र गन्सौ आउनुहोस् हाम्रो सहयोगि मनलाई हौंसाला दिनुहोस् सहयोग गर्नुहोस् आजै धेरै छ यो ठाउँ बनाउअना । धन्याबद् ! पर्त पारीयार अर्मला कोट युके

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button