पोखरा बुद्धचोकमा लेकाली चुलो घरमा अर्गानिक खाना

पोखरा- 

बजारमा पाईने अधिकाशं खानामा विभिन्न प्रकारका मानव स्वास्थ्यलाई हानि पु¥याउने पदार्थहरु मिसावट गरीएको खानेकुरा उपलब्ध भएको अबस्थामा पोखराको बुद्धचोकमा भने एक युवा व्यवसायीले अर्गानीक खाना उपलब्ध गराउने भएका छन । पोखरा वस्दै आएका मीन बहादुर गुरुङ र गौरी गुरुङले पोखरामा नयाँ स्वादको साथमा मानव स्वास्थ्यलाई असर नपर्ने गरी खाना उपलब्ध गराउने उद्धेश्यले लेकाली चुलो घर हालै संचालनमा ल्याएका हुन ।

आन्तरिक तथा बाह्यि पर्यटकलाइ लक्षित गरी पोखरा अर्गानिक खाना उपलब्ध गराउने उद्धेश्यले गुरुङ समुदायको महान पर्व ल्होछार पर्वको अवसरमा होटेल टाक्स ईन्टरनेश्नल अन्र्तगत लेकाली चुलो घर र ट्रास्ट ट्राभल एण्ड टुर्स एकै साथ संचालनमा ल्याएको सोमबार पोखरामा आयोजित पत्रकार भेटघाट कार्यक्रममा जानकारी गराइएको हो । ग्रामिण भेगमा उत्पादन हुने मकै, कोदो, फापर, गहुँ लगायतका अन्नबाट ढिडोको परिकार उपलब्ध गराएको लेकाली चुलो घरका संचालक मीन बहादुर गुरुङले बताए । लोकल कुखुरा, असला माछा, लोकल बोका , लोकल पाडोको सुकुटी, खाजाको लागि भुटेको मकै, घट्मास, भुटेको गुहूँ, मोही, पोलेको माछा, लेकाली झिर लगायतका खाना उपलब्ध भएको उनले बताए । २ सय जना क्षमताको आधुनिक सेमिनार हल समेत भएको गुरुङले जनाए ।

पर्यटकहरुको सेवाको लागि आफुहरुले घर गाँउमा उत्पादन भएका खाद्य पदार्थलाई बढी प्रथामिकता दिने गरेको मीन बहादुरका धर्मपत्नी गौरी गुरुङले बताईन । हाल २ रोपनी क्षेत्रफलमा रहेको भौतिक संरचना पुनः ४ रोपनी क्षेत्रफल बढाउने तयारी भएको उनले बताइन । लेकाली चुलो घर र ट्रास्ट ट्राभल एण्ड टुर्स संचालन गरी होटलको प्रारम्भीक काम गर्दा करीब ५ करोढ लगानी भएको गुरुङले जनाए । पोखरामा अन्तराष्ट्रिय विमानस्थल निमार्ण भएसंगै विमानस्थलबाट आफुहरु नजिक भएको नाताले पनि पर्यटकीय स्तरीय होटलमा लगानी गरेको उनले जनाए । उनले भने“ हामीले आगामी दशैं पर्व सम्मको लागि सम्पुर्ण काम सकिने गरी होटल निमार्ण गर्दैछौं । ”

वृटिस, सिंगापुर र भारतीय सेनामा जान चाहानेहरुको लागि विगत १६ बर्ष देखि प्रशिक्षण गराउदै आएका गुरुङले पर्यटक सहित लाहुरेहरुलाई लक्षित गरेर होटल संचालन गर्ने तयारी गरेका हुन । टाक्स फोर्स नेपाल प्रा.लि.को नामबाट विगत १६ बर्ष जसो विभिन्न देशमा लाहुरे हुन जाने युवाहरुलाई प्रशिक्षण गराउदै आएका हुन ।

आफुले थ्री स्टार स्तरको होटल निमार्णको क्रममा भएको बताएका गुरुङले पर्यटक तथा लाहुरेहरुलाई लक्षित गरी पोखराको बुद्धचोक क्षेत्रमा ठुलो लगानी गर्न लागेको उनले जनाए । २५ करोडाको प्रोजेक्टमा ३० वटा रुमहरु रहने भएको उनले जनाए । १२ वटा डिलक्स, १६ वटा स्वीट र २ वटा सुपर स्वीट र ३५ र ५० जना क्षमताका सभाहल निमार्णको तयारीमा रहेको उनल जनाए । होटलमा दुई वटा अपाटमेन्ट रहने उनले जनाए । भूई तलामा पार्किङ र लिफ्ट सहितको सुविधाहरु हुने गरी हाल होटल निमार्णको तिव्र गतिमा काम भएको संचालक गुरुङले बताए । हाल आफुहरुले ३० जनालाई रोजागर दिने लक्ष्य राखेको बताए ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button