भैंसी बेचेर लायन्स सदस्य

केशब पाठक – लेखक ,सम्बाददाता, अध्यक्ष-नेपाल खेलकुद पत्रकार मन्च, कास्की

पोखरा-
यति बेला पोखरा लगाएत नेपालका हरेक क्षेत्रमा लायन्स सदस्य बन्ने होड बाजी नै चलेको छ । पोखरामा मात्रै करिव ८२ भन्दा वढी लायन्स क्लव हरु गठन भइसके । ३ लाख पनि जनसख्या नभएको पोखरा शहरमा यति धेरै लायन्स गठन हुनु आफैमा आश्चर्य नै मान्नु पर्छ ।

गाँउ घरमा यस्ता क्लवहरु गठन गर्ने र सदस्य बन्नेको होड नै चलेको छ । यति सम्म कि ‘भैसी समेत बेचेर पनि सदस्य वन्न तछाँड मछाड नै छ ।’ यस पछाडीको ठूलो रहस्य विदेश जानु नै हो भन्छन । ‘लायन्सको सदस्य बने पछि हरेक वर्ष अमेरिका लगाएत अन्य विकशित मुलुकमा आयोजना हुने कन्भेनसन जानका लागि नै हो’ भन्छन यसका भुक्तभोगीहरु । नेपाली जन मानसमा यस्तो छाप छोडिएको छ कि लायन्स सदस्यहरु विदेश घुम्न पाइन्छ उस्तै पर्यो भने उतै बसेर काम समेत गर्न पाइन्छ । घुम्न जानु सवैको नैसर्गीक अधिकार हो तर संस्थाको नाममा घुम्नुको अर्थ उतै लुकेर बस्नु पक्कै पनि राम्रो होइन । नेपालको लायन्समा त्यो विकसित हुँदैछ ।

लायन्सको अन्तराष्ट्रिय क्षेत्रमा जति यस्को मर्यादा छ त्यो नेपालमा छैन भन्ने पनि कम छैनन । नेपालमा लायन्स यति बेला मानव ट्राफिकिङ्गको अवस्थामा बाट अगाडी वढेको त होइन भन्ने गाँइ गुँइ नचलेको पनि होइन । अमेरिका जहाँ यस्को प्रतिपादन भयो त्यस्तो विकशित मुलुकमा समेत सिमित मात्रामा क्लवहरु छन । तर अर्को तिर नेपाल अविकसित मुलुकमा अमेरिकालाई समेत माथ गर्दै असंख्य रुपमा क्लव गठन हुनुले पनि शंका उपशंका उव्जिनु स्वाभविक नै हो । पोखरा लगाएत अन्य क्षेत्रमा २० जना पुर्याएर लायन्स बन्ने र बनाउने होड नै छ । यति बेला विश्वमा ४६ हजार लायन्स क्लव रहेको बताइन्छ ।

जेन तेन लह लहैमा एक लायन्स सदस्य हुँदा कवुलिएको सदस्य रकम त्यो पनि अमेरिकी डलरमा तिर्नु पर्ने नै हुन्छ । हरेक बैठक तोकिएको सकभर ठूला होटलमा आयोजना हुदाँ लाग्ने खर्च दामासाहीले वाँडेर तिर्नु पर्ने अनिवार्य हुन्छ नै । त्यस वाहेकका कार्यक्रममा समेत लाग्ने खर्च समेत बरावरी रुपले सदस्यले तिर्नु नै पर्छ । प्रत्येक वर्ष लायन्सका करिव १८ हजार सदस्यले प्रति सदस्य ४३ अमेरिकी डलर सदस्यता वापत अन्तराष्ट्रिय क्लवमा नेपाली बैंक मार्फत अमेरीका पुग्छ । अव भन्नुस भैसी वेचेर सदस्य बनेको सदस्यता रकम कता पुग्छ ? वास्तविक नेपाली जनताले त्यस्को फाइदा के पाए ? जुन रकम विदेशियो त्यो रकमले नेपालमा एक माइक्रो हाइड्रो संचालन गर्न पुग्छ, त्यती मात्र नभइ त्यो रकम नेपाल भित्रै रहने हो भने पनि बैंकले दिने व्याज रकमले जति समाज सेवामा खर्च गरे पनि हुन्छ । यस तर्फ सायद कसैको ध्यान खिच्न र पुग्न सकेको छैन ।

४६ वर्ष अघि स्व. मातृका प्रसाद कोइरालाले विराटनगर बाट सुरु गरेको नेपालको लायन्स अभियान अहिले नेपालमा ७ सय भन्दा वढी क्लवहरु छन । लायन्स मल्टिपलको मातहतमा चार वटा डिष्ट्रीक्टमा विभाजित लायन्स को गठन अन्तराष्ट्रिय इतिहास भने आफैमा सुन्दर छ । अमेरिकाको शिकागो शहरमा तत्कालिन संस्थापक महासचिव मेल्भिन जोन यसका परिकल्पनाकार हुन । उतिबेला इन्सुरेन्समा कार्यरत उनले आफ्ना साथीहरुले कमाएको रकम वेफजुल खर्च गरेको देखे पछि साथीहरुलाई वेफजुल खर्च हुने रकम लायन्स गठन गरेर सामाजिक कार्यमा खर्च गर्न सुझाएका थिए । जुन कुरा कालान्तरमा समाज सेवाको यो अवधारणाले विश्वव्यापी रुप लियो । यति बेला लायन्स २ सय १० देशमा परिचालित छ ।

मेल्भिन जोनको जस्तै सामाजिक कार्यका लागि नेपाली लायन्स सदस्य कति जनाले निस्वार्थ समाज सेवा गर्लान त ? दुई वर्ष अघि अमेरिकामा भएको हवाई कन्भेन्सनमा सहभागी हुन गएका मध्ये धेरै जसो उतै दम्पच भए भने केही स्वदेश फर्केर फेरी उतै लागे । यस वारे धेरै समाचारहरु प्रकाशित समेत भए । गत वर्ष समेत जापानमा कन्भेन्सन हुँदा जापान जाने होड नै चल्यो । अमेरीका वाट जापानमा सहभागी हुन आउनेको संख्या भन्दा नेपालको तेव्वर भन्दा वढी भयो । जापानी काउन्सिलरले भिसा लिन जानेहरुलाई समाज सेवा गर्छौ भने यतै गर, जापान किन खर्च गर्न जानु पर्यो भन्दै भिसाका लागि इन्कार गर्यो । धेरै नेपाली लायन्स सदस्यले भिसा पाएनन ।

यति बेला फेरी लायन्सको कन्भेन्सन अमेरिकाको शिकागो शहरमा आयोजना हुँदैछ । फेरी अमेरीका जानेको संख्या ह्वात्तै वढने निश्चित छ । २०१७ जुनको अन्तिम सातामा आयोजना हुने शतवार्षिकी क्नभेन्सनमा सहभागी हुन दुई वर्ष अघि शिकागो पुगेका हरु पुनः जाने तयारीमा रहेको लायन्स ३२५ बि १ का गर्भनर बालकृष्ण बुर्लाकोटीले वताए । तर दुइ वर्ष अघि अमेरीका पुगेका ७ सय जनामा अधिकांश उतै फर्के नि भन्ने प्रश्नमा गर्भनर वुर्लाकोटीले केही उतै फर्के पनि हल्ला चले जस्तो नभएको दावी गरे । तर धेरै जसो अमेरिका लगाएत बिकशित मुलुकमा फर्किनु र लुक्नुले पनि लायन्स माथी बारम्वार आरोप खेपिरहनु परेको छ । जुन कुरा उनीहरुका सहपाठीहरु विचको कुराले पनि पुष्टी गर्छ ।नेपालमा गाँउ घरमा समेत भैसी वेचेर लायन्स सदस्य बन्ने लर्को नै लाग्यो नि ? के भन्नुहुन्छ भन्नेमा आफुहरुले त्यस्तो गर्न कसैलाई नभनेको र लायन्सहरु आफुले केही आर्जन गरेर समाज सेवाको लागि खर्च गर्न सक्नेका लागि मात्र भएको वताए । ‘यो संस्था समाजमा प्रतिष्ठित, धनी र व्यवसायमा संलग्नका लागि भएको’ उनको भनाई थियो । करिव पौने ८ लाख डलर नेपाली वैंक वाट अमेरीका पुग्ने रकम भन्दा पाँच गुणा वढी रकम नेपाल भित्रिएको र लायन्सले शिक्षा, स्वास्थ, भुकम्प पिडितका क्षेत्रमा कार्य गरेको बताए । उनले भने भुकम्प बाट भत्किएका विद्यालय निर्माणका लागि मात्र ५० करोड नेरु नेपाल आएको छ ।

लायन्समा कति रकम आयो र गयो यो राज्यको लेखा जोखा भित्र पर्दैन । लायन्स क्लव लायन्स इन्टरनेशनलको मातहातमा कार्य गर्छ । नेपालको लायन्स कतै गलत बाटोमा त हिंडेको छैन ? भन्ने प्रश्न सवैको मनमा उव्जिएको छ । भैसी वेचेर सदस्य वन्ने कुरा प्रतिकात्मक हुन सक्ला तर नेपाली लायन्सले समातेको गलत बाटोको लेखा जोखा हुन आवश्यक छ । ३८ जना सदस्य वरावर एक सदस्यले भोट खसाल्न जान पाउने कन्भेनसनमा लाखौं रकम खर्चेर जाने नेपाली लायन्स हरुको हैसियत नहोला भन्न सकिन्न । तर त्यही रकम नेपालमा नै सामाजिक सेवामा खर्च गर्न सके उत्तम हुन सक्ला । फेसनको रुपमा लायन्स सदस्य बन्नु भन्दा पनि साँचो सेवा भावले गर्ने सामाजिक कार्यका लागि संधै वाटो खुला नै हुन्छ ।

सम्बन्धित न्यूज

प्रतिक्रिया

  1. Uttamji ko comments ka lagi thanks…..hami samajik prani hau ra samaj ma je dekhchau tyo lekhchau…ek para ma pakkai byakhaya garna garo huncha ..tara maile lions ko history lai thorai bhaye pani khotalne prayash gare ….Aba ko bato kasto banaune tyo Nepali lions ko ho….!

  2. बिचरा लेखक केशव पाठकजी ! खेलकुद पत्रकार रछ्न , लायन्स क्ल्ब बारे थाहै नभएको मान्छे परेछ्न !

  3. We do not encourage to be a member of Lions by selling Buffalo or cattle as it is a social service by expenses of your own money. If you can not, don’t be a member. But one thing to be keep in mind that being a lion member if somebody get opportunity to visit abroad, why we need to worry ?

  4. साथीहरू नेपालमा लायन्स क्लब बिराेधी गतिविधि सञ्चालन गर्ने हरू बढ्दैछ भन्ने सुनेकाे थिए, एउटा प्रमाण याे पनि हाे जस्तो लाग्दैछ, त्यसैले हामी लायन्स सदस्य हरू अाफुमा अाफै अनुशासित हुन अावश्यक छ र अाफ्नाे क्लबलाई समेत शुद्धीकरण गराै, नयाँ साथीलाई स्पाेन्सर गर्दा ख्याल गराै । अनि गलत खबरहरू सम्पेषण गर्ने साथीहरू सँग मिलेर मुकाबिला गराै, सञ्चारकर्मी मित्रहरूले पनि सकरात्मक साेचका साथ अाफुलाई अघि बढाउनुहाेस् भन्ने अनुराेध छ, लायन्सले समाजमा गरेका गतिविधिकाे उच्च मुल्यांकन गर्न सिकाै, नेपाल सरकारले गर्न नसकेका कामहरू लायन्सले गरेकाे छ, नेपालका सबै बालबालिकालाई रूवेला खाेप दिने, भुकम्प पिडितलाई राहत, रक्तदान, निशुल्क स्वास्थ्य शिविर, माेतियाविन्दुकाे अपरेशन, अाँखा अस्पताल सञ्चालन, ब्लड बैक, मुटु उपचार केन्द्र, बृक्षाराेपण, पुस्तकालय स्थापना, बिद्यालय पुर्ननिमार्ण यस्ता हजाराै कामहरलाई सञ्चारमाध्यममा ल्याउने काम गराै

  5. म पनि लायन्सको सदस्य भएको ३ महिना भयो । हामीले क्लबलाई तडक भडक रहित बनाउन पहल गरीरहेको छु । अहिलेसम्म बिन्ध्यबासिनी मन्दिरमा सरसफाइ र घार्मीको स्कुलमा सहयोग गरि सकेका छौ ।

  6. WE SERVE को भावना बोकेर हिडेको पवित्र सामाजिक संस्था को सदस्य हुनुमा म गौरवान्वित महसुस गर्दछु ।मैले यो संस्थामा लागेर धुम्रपान त्यागें । बर्षको दश बार्ह हजार खर्चेर समाजमा केही सामाजिक काम गर्दा मलाई आत्म सन्तुष्टी मिल्दछ ।अरू केही पाउने आशाले म लायन्स बनेको होईन ।को किन लागे भन्ने कुरा उसको चेतना ,विवेक विचार मा भरपर्ने कुरा हो जस्तो मलाई लाग्दछ । धन्यबाद ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button