खेलकुदको निवन्ध प्रतियोगितामा पोखरा एसओएसका दिपक विजयी

पोखरा
नेपाल भ्ूातपूर्व खेलाडी मञ्चको आयोजना तथा कसमस इन्टरनेशनल कलेजको सहयोगमा आयोजित निवन्ध लेखन प्रतियोगितामा एस.ओ.एस.हर्मन माइनर गण्डकीका दिपक पौडेल विजयी भएका छन । मंचले अन्तराष्ट्रिय खेलकुद दिवसको उपलक्ष्यमा “सम्वृद्धी र शान्तिका लागि खेलकुद” शिर्षकमा पोखरामा मावि स्तरिय निवन्ध लेखन प्रतियोगिता आयोजना गरेको हो ।
प्रतियोगितामा, केफ मा.वि.का जिवरण अधिकारी, मदरल्याण्ड मा.वि. की अनिसा लामिछानेले क्रमशः द्धितीय र तृतिय स्थान हासिल गर्न सफल भए । त्यसै गरि ताराकुञ्जकी अस्मिता पराजुली, केफ मा.वि.का विष्णु पौडेल, छोरेपाटन मा.वि. की आकृति थापा, मदरल्याण्ड बोर्डिङ्गकी प्रकृति थापा र बेसलाइन एकेडेमीकी महिमा भट्टराइले सान्त्वना स्थान हासिल गरे । विजयी प्रतियोगीहरुले क्रमश नगद रु ७ हजार, ५ हजार, ३ हजार पदक तथा प्रमाणपत्र र ५ जनाले सान्त्वना पुरस्कार स्वरुप जनही रु १/१ हजार पदक तथा प्रमाणपत्र प्राप्त गरे । उत्कृष्ट निवन्धलाई संयुक्त राष्ट्र संघको विकास र शान्तीका लागि खेलकुदको वेवसाइटमा प्रकाशन गरिने भएको छ ।
उक्त प्रतियोगितामा प्याब्सन, एन. प्याब्सन तथा सामुदायिक विद्यालय गरी ५८ विद्यालयका १६२ विद्यार्थीहरुले सहभागीता जनाएका थिए । उक्त प्रतियोगिता कसमस इन्टरनेशनल कलेजको मूख्य प्रायोजन तथा नेपाल ओलम्पिक कमिटिको विशेष सहयोगमा सम्पन्न गरिएको हो ।

कार्यक्रमको उद्घाटन समारोहमा उक्त कार्यक्रमका संयोजक नेपाल ओलम्पिक कमिटिका सदस्य तथा भूतपूर्व खेलाडि मञ्चका प्रथम उपाध्यक्ष तेज गुरुङ्गले खेलकुदको महत्व बारे प्रकाश पारेका थिए । भूतपूर्व खेला्डी मञ्चका अध्यक्ष एवम् कार्यक्रमका सभापति खड्ग बहादुर रानाभाट, कसमस इन्टरनेशनल कलेजका अध्यक्ष महेन्द्र श्रेष्ठ र निर्णायकहरुको तर्फबाट सह प्राध्यापक अशोक शाही र कृष्ण तिमिल्सिनाले खेलकुद सम्बन्धी आ–आफ्नो धारणाहरु व्यक्त गरेका थिए ।
विजयी प्रतियोगीहरुलाई कार्यक्रमका संयोजक एवम् कसमस कलेजका कार्यकारी निर्देशक तेज गुरुङ्ग, कलेजका शैक्षिक संयोजक भरत गुरुङ्ग, निर्णायकहरु अशोक शाही, प्रदिप कुमार लम्साल, वेद नाथ शर्मा लगायतले खादा तथा अविर लगाई बधाई ज्ञापन गरेका थिए । सोही कार्यक्रममा सहभागी विद्यार्थीहरुलाई कसमस कलेजका पूर्व विद्यार्थी विवेक श्रेष्ठले विभिन्न शैक्षिक भिडियो दृश्यहरु देखाउनुका साथै अभिमुखीकरण तालिम समेत प्रदान गरेका थिए ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button