पोखरा न्युज –
पोखराबाट काठमाडौं उडेको बुद्ध एयरको विमान त्रिभुवन विमानस्थलमा दुर्घटनाबाट जोगिएको छ ।
बिहीबार मध्यान्ह ९ एन एआईएन कल साइन भएको बुद्ध एयरको विमान पार्किङ-वेमा राखिएको भर्याङमा ठोक्किएको हो ।
विमान पार्किङ गर्ने क्रममा विमान सफा गर्न राखिएको भर्याङमा ठोकिएपनि ठूलो क्षति हुन पाएन । तर, विमानको इन्धन ट्यांकीमा क्षति पुगेको विमानस्थल स्रोतले जानकारी दियो ।
यात्रुहरुले पनि दाहिने पँखेटा ठोकिएको बताएका छन् । विमानको पँखेटाकै भागमा फ्युल ट्यांकी हुने भएकाले यरी ठोक्किँदा विमानमा आगो लाग्ने ठूलो सम्भावना हुन्थ्यो । तर, सौभाग्यबस आगो नगागेकाले ठूलो दुर्घटना हुन नपाएको सोही विमानका यात्रु नरेश भट्टराईले बताए ।
बुद्ध एयर स्रोतले पनि विमानस्थलको लापरवाहीले घटना भएको भन्दै विमानमा समान्य मात्रै क्षति भएको बताएको छ ।
विमानस्थल प्रशासनले भने घटनाबारे अपौपचारिक रुपमा कुनै जानकारी दिन मानेको छैन । ट्याक्सी-वेबाट समयमै भर्याङ नहटाइएको कारण घटना बाहिर नजाओस् भन्ने उद्देश्यले विमानस्थलले घटनालाई लुकाउन खोजेको हो ।
विमानस्थलका प्रवक्ता प्रेमनाथ ठाकुरले अनलाइनखबरसँग त्रिभुवन विमानस्थलमा त्यस्तो कुनै घटना नभएको प्रतिक्रिया दिए ।
स्रोत -अनलाइनखबर https://www.onlinekhabar.com/2017/06/598481/