पोखरा न्युज –
कृषि सामग्री कम्पनी लिमिटेड पोखरा शाखा कार्यालयले आव २०७३-७४ मा रु चार करोड २२ लाख ९९ हजार ४१८ बराबरको कारोबार गरेको छ ।
रासायनिक मल युरिया, डिएपी र पोटासको कारोबार गर्दै आएको कार्यालयले ८९ वटा सहकारीलाई सूचीकृत गरेकामा यस आवमा ५४ वटा सहकारीमार्फत मात्र कारोबार गरेको कार्यालयका निमित्त शाखा प्रबन्धक शालिग्राम वाग्लेले जानकारी दिनुभयो ।
रासायनिक मलको मागअनुसारको मौज्दात रहेका कारण कृषकले अभाव महशुस गर्न नपरेको उहाँको भनाइ छ । रासस