कास्कीको रिभानका बाढि पिडितलाई एकै दिन ७ लाख भन्दा बढि सहयोग

पोखरा न्युज ।

कास्कीको माछापुच्छ्रे गाउँपालिका–५ रिभानको पाथेगाउँका पहिरो पिडितहरुलाई आज सात लाख भन्दा वढि रकम सहयोग गरिएको छ ।
पिडितहरुलाई आज रिभानमै पुगेर मर्दिखोला सेवा समाज युके,साउथ लणडन नेपाली गोर्खा एसोसिएसन,रिभान चौर नायु प्रल्हाद ङेह्रो पैगिलामा परिवार समितिले सहयोग गरेका हुन ।

पिडितहरुलाई सहयोग स्वरुपा मर्दिखोला सेवा समाज यूकेले चारलाख ५ हजार ८५ रुपैया, रिभान चौर नायु प्रल्हाद ङेह्रो पैगिलामा परिवार समितिले १ लाख ८९ हजार ५ सय ४५ र साउथ लणडन नेपाली गोर्खा एसोसिएसनले संकलन गरेको १ लाख ४९ हजार ८ सय रुपैया रुपैया प्रदान गरिएको थियो । त्यस्तै पोखरा वल्र्ड वाईड कनेक्शन वल्र्ड भिजन समसुङ मोवाईल हवका संचालक शुसिल गुरुङले पनि नगद १० हजार रुपैया सहयोग गर्नुभएको छ ।

विभिन्न संस्था तथा व्यक्तिहरुवाट संकलित सात लाख ५४ हजार ४ सय ३० रुयैया एक कार्यक्रमका विच वाढि पिडित विपत व्यवस्थापन समितिका संयोजक तथा माछापुच्छ्रे गाउँपालिका–५ का वडा अध्यक्ष जुम वहादुर गुरुङलाई प्रदान गरिएको थियो ।

सहयोग रकम ग्रहण गर्दे वडा अध्यक्ष गुरुङले सरकारी तवरवाट सहयोग हुन नसकिरहेको अवस्थामा विभिन्न व्यक्ति तथा संस्थाले सहयोग गरेर पिडितको घाउमा मलम लगाउने काम गरेको उल्लेख गर्नुभयो । अहिले सम्म ३५ लाख भन्दा वढि रकम पिडितहरुको नाममा रकम संकलन भैसकेको बताउदै अध्यक्ष गुरुङले अव छिट्टैनै पिडितहरुलाई जग्गा उपल्व्ध गराएर आवस निर्माणको काम थालिने जानकारी दिनुभयो ।

कार्यक्रममा वोल्दै क्या डम्वर वहादुर गुरुङ र सुवदार कर्णवहादुर गुरुङले सेवा नै धर्म हो भन्ने मान्यताका साथ आफुहरुले उक्त रकम सहयोग गरेको वताउनु भयो ।

त्यस्तै जिल्ला खेलकुद विकास समिति कास्कीका अध्यक्ष तथा नायु प्रल्हाद परिवार समितिका महासचिव याम गरुङ र युके समाजका सल्लाहकार इन्द्रमान गुरुङले पिडितहरुलाई सहयोग गर्न सवैलाई आग्रह गर्दे सरकारले पनि समयमै पुनस्थापनको लागी पहल गर्नुपर्ने धारणा राख्नु भयो ।

कास्कीको माछापुच्छ्रे गाउँपालिका–५ रिभान पाथेगाउँमा गत साउन २४ गते राति पहिरो जादा ११ घर परिवार पुर्ण रुपमा विस्थापित भएका थिए । भने ५ वटा घरमा क्षती पुगेको थियो । पिडितहरु अहिले पनि टहरोमै दिन कटाउन वाध्य छन ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button