५ वर्ष काम गरेर जनताको मन जित्छु  – जगत विश्वकर्मा

२०औं भदौरे पञ्चासे महोत्सव सम्पन्न

कास्की अन्तर्गत अन्नपुर्ण गाउँपालिकाको भदौरेमा आयोजित २०औं भदौरे पञ्चासे महोत्सव सम्पन्न भएको छ । ५ दिन सम्म चलेको भदौरे पञ्चासे महोत्सव विभिन्न कार्यक्रम सहित  आईतबार सम्पन्न भएको हो ।

समापन कार्यक्रमका प्रमुख अतिथि कास्की क्षेत्र नं. ३ का प्रतिनिधि सभाका सदस्य जगत विश्वकर्माले अवको ५ वर्ष जनताको काम गर्नका लागि जनताले चुनेकाहुँदा अरु केहि नसोची विकासका कार्य गरि जनताको मन जित्ने प्रतिवद्धता व्यक्त गरे । उनले पर्यटन, कृषि र उर्जा क्षेत्रलाई अझ सशक्त रुपमा अगाडी बढाई जनताको आर्थिक विकासका कार्यलाई सँगसँगै लैजाने बताए । महोत्सव महिला फुटबल फाईनल तथा पुरुष भलिवल फाईनल खेल संचालनका लागि बल हस्तान्तरण गर्दै मानव जिवनमा स्वास्थ्यका लागि खेल अनिवार्य रहेको बताए ।

त्यस्तै कार्यक्रमका विशेष अतिथि कास्की क्षेत्र नं. ३ ख का प्रदेश सभा सदस्य राजिव पहारीले कास्कीमा विकासको खाचो रहेको बताए । उनले गाँउ, सहरको विकास गर्दै सिंगो मुलुक बनाउने कार्यमा आफु अडिक रहेको बताए । त्यस्तै खेलकुदको क्षेत्रबाट पनि संसारलाई चिनाउन सक्ने क्षमता नेपालको रहेको पहारीले बताए ।

नेकपा एमाले कास्कीका कार्यवाहक अध्यक्ष दामोदर बैरागी, अनेरास्ववियु कास्कीका अध्यक्ष शेखर गौतम, नेकपा एमाले कास्कीका सचिवालय सदस्य दिपक गौतम, स्थानिय आमा समूह, विभिन्न दलका प्रतिनिधिहरु, समाजसेवि, क्लवका संरक्षकहरुको उपस्थिति रहेको थियो । समापन कार्यक्रममा विभिन्न व्यक्तिलाई सम्मान गरिनुका साथै साँस्कृतिक कार्यक्रम समेत गरिएको थियो ।

भदौरे पञ्चासे महोत्सवमा सम्पन्न भएको पुरुष फुटबल फाईनलको उपाधि रु ५० हजार सहित आयोजक भदौरे क्लव पहेलोले जितेको छ । आयोजककै दुवै टिम भदौरे क्लव निलो र भदौरे क्लव पहेलो विच भएको फाईनल खेल २–२ को बराबरीमा गएको खेल ट्राईब्रेकर मार्फत भदौरे क्लव पहेलोले ५–४ को अन्तरले जित हात पारेको हो । त्यस्तै पुरुष भलिवलको उपाधि चित्रे पर्वतले जितेको छ । आयोजक भदौरे क्लवलाई हराउदै चित्रे पर्वतले रु ५० हजार सहित उपाधि हात पारेको हो ।

त्यस्तै गरि महिला नृत्य प्रतियोगिताका उपाधि निशा गुरुङले जितेकी छन् । पोखरा र भदौरे बिच भएको महिला फुटबलको उपाधि पोखराले जितेको छ ।

भदौरे क्लवको आयोजनामा भएको उक्त महोत्सवमा समापन कार्यक्रमको अध्यक्षता क्लवका अध्यक्ष जिवन गुरुङले गरेका थिए । कार्यक्रममा स्वागत मन्तव्य क्लवका पूर्व अध्यक्ष आईन्दल गुरुङले गरेका थिएभने संचालन सचिव शक्ति गुरुङले गरेका थिए ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button