लमजुङको दुईपिपलेमा ४०० निशुल्क जाँच

पोखरा न्युज – २० माघ ।

लमजुङको दुईपिपले अस्पताल प्रालि, मध्यनेपाल–४, दुइपिपले, लमजुङको आयोजना र पोखरा लेखनाथको युनाइटेड रेफरेन्स ल्याबोरेटरी प्रा.लि. युआरएलको प्राविधिक सहयोगमा शनिबार निःशुल्क शिविर भएको छ। शिविरमा ४ सय ७ जनाको मधुमेह तथा रगतमा हुने खराब बोसो सम्बन्धी रक्त परीक्षण गरिएको युआरएलले बताएको छ।

मध्यनेपाल नगरपालिकाका मेयर रमेशकुमार पाण्डेले स्वस्थ्य मानिसले मात्र परिवार, समाज र देशको नेतृत्व गर्न सक्ने बताए। पूर्वीय सभ्यताले उपचारका विभिन्न पद्धति सिकाएको उल्लेख गर्दै उनले विलासी, वेपरवाह र तामसी जीवनशैली छाड्नुपर्नेमा जोड दिए। उनले भने, ‘त्याग, समर्पण र आत्मसन्तुष्टिले हामीलाई स्वास्थ रहन धेरै मद्धत गर्छ।’

गण्डकी स्वास्थ्य विज्ञान प्रतिष्ठानका फिजिसिएन डा. विश्वराज बरालले नेपालजस्ता अल्पविकसित देशमा नसर्ने रोग बढिरहेको उल्लेख गरे । उनले मोटोपन, निस्क्रिय जीवनशैली, तनाव, खानपान आदिका कारण धेरै रोग लाग्ने भएकाले यसमा ध्यान दिन उनले आग्रह गरे ।

डा. बरालले मधुमेहलाई रोगको मुहानको संज्ञा दिए । उनले भने, ‘यो आफै रोग होइन, तर रोगको मुहान हो ।’ युआरएलका प्रबन्ध निर्देशक ठाकुरप्रसाद पन्तले कुनैपनि रोगले एकै पटक जटिल तवरले आक्रमण नगर्ने उल्लेख गर्दै समयमै निदान गरी उपचार गरे धेरै हदसम्म स्वस्थ हुन सकिने बताए। सर्वसाधारणलाई सरल, सुलभ र सहज तवरले स्वास्थ्य सेवा दिने दायित्व निर्वाह गर्न हालसम्म युआरएले ४५ स्थानमा यस्ता शिविर गरिसकेको उनले जानकारी दिए।

कार्यक्रममा मध्यनेपाल वडा नं ४ का वडाध्यक्ष निर्मल गौतम र दुईपिपले बजार व्यवस्थापन समिति अध्यक्ष रामकृष्ण श्रेष्ठले बोलेका थिए। अस्पतालका अध्यक्ष सुवेदार प्रेमजंग गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत सञ्चालक ओमवीर गुरुङ र सञ्चालन अर्का सञ्चालक रमेश भट्टराईले गरेका थिए।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button