एक सय पच्चीस रुपैयाँमा घर ! किन्ने हो ?

पोखरा न्युज – २३ माघ ।

एउटा घरको मूल्य कति पर्ला ? त्यो पनि सुन्दर सहरमा रहेका घरहरु । अवश्य पनि निकै नै महंगो पर्नुपर्ने हो । लाख तथा करोडको भाउमा । तर यो दुनियाँमा यस्तो सहर पनि छ, जहाँ लाख तथा करोड होइन, जम्मा १ सय २५ रुपैयाँमा घर किन्न पाइन्छ ।

पत्याउनुभएन ? पत्याउनुस् पनि कसरी ? हाम्रो देशका सहरमा सुनको भाउमा घरजग्गा बिकिरहेका छन् । तर, उता इटालीमा भने सरकारले एक युरो अर्थात् झण्डै एक सय २५ रुपैयाँमा घर बेचिरहेको छ ।

इटालीको भूमध्य सागरक्षेत्र नजिक सार्डिनियास्थित ओलोलार्इ भन्ने सहरमा एक यूरोमा घर पाइन्छ । विश्वका कुनै पनि देशका मानिसले यहाँ घर किन्न सक्दछन् ।

ओलोलाइमा पहिले जनसंख्या धेरै थियो । तर मानिसहरु यहाँबाट बसाइ सरेर जान थाले । पछिल्ला ५० वर्षमा यहाँको जनसंख्या घटेर केवल १३ सयमा झरेको छ । मानिसहरुले बसाइँ सरेपछि यहाँका घरहरु खाली भएर भुतबंगला बनेका छन् । निकट भविष्यमै सबै मानिसले यो ठाउँ छाडेर कतै यो खण्डहर त बन्ने होइन भन्ने चिन्ताले सहरका मेयरले यहाँका घरहरु कौडीको भाउमा बेच्ने निर्णय गरेका हुन् । यहाँका २ सय यस्ता खाली घर बेचिनेछ ।

यहाँ विश्वका जुुनसुकै ठाउँका मानिसले घर किन्न पाउँदछन्, तर एउटा शर्त भने पूरा गर्नुपर्दछ । शर्त के भने घर किनिसकेपछि घरको जिर्णाेद्धार गर्नुपर्नेछ । जिर्णोद्धारको रकम पनि सरकारले तोकेको छ, झण्डै २६लाख रुपैयाँ ।

एक यूरोमा घर पाइने भनेपछि रमाइलोका लागि पनि मानिसहरुले किन्नेछन् । तर २६ लाख रुपैयाँ खर्चेर मर्मत गरेपछि मानिसहरु पैसाको लोभले पनि घरमै बस्नेछन् भन्ने तर्कका साथ मेयरले त्यस्तो निर्णय गरेका हुन् । किनकि नबस्ने घरमा त कसैले लाखौँ पैसा खर्च गदैन ।

तर खुसीको कुरा के भने तत्कालै मर्मत गर्नुपदैन, तीन वर्ष भित्रमा घर जिर्णोद्धार गरेपुग्छ ।

समाचार अनुसार, अहिलेसम्म त्यहाँकका ३ वटा घर बिकीसकेका छन् । दुनियाँभरका धेरै मानिसले घर खरीदका लागि चासो देखाएका बताइएको छ ।

स्मरणरहोस्, यसअघि सन् २०१५ मा इटालीकै सिसिलियन सहरमा यस्तै खाली घरहरु सरकारले १ यूरोमै बेचेको थियो ।

स्रोत : अनलाइनखबर

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button