सिँचाइ मन्त्रालयका सचिव चढेको जीप त्रिशुली नदिमा खस्दा तीन बेपत्ता, खोजीकार्य जारी

पोखरा न्युज , २७ माघ ।

नेपाल सरकारका सिँचाइ सचिव रामानन्द यादव चढेको बा २ झ ३१४० नं को जीप बेनीघाट रोराङ गाउँपालिका–३ सलाङघाटबाट शनिबार बिहान त्रिशूली नदीमा परेर हराउँदा सचिवसमेत तीन जना बेपत्ता भएका छन्।

नारायणघाटबाट काठमाडौँतर्फ जादै गरेको जीपमा मन्त्रालयका सचिव रामानन्द यादव, उनका छोरा सञ्जय र एक किशोरी सवार थिए। चालक निराजन यादव भने घाइते भएका छन्। गाडी र यात्रु सबै बेपत्ता भएकाले खोजी भइरहेको इलाका प्रहरी कार्यालय गजुरीका प्रहरी निरीक्षक सञ्जय तिमिल्सेनाले जानकारी दिएका छन्।

घाइते चालक यादवलाई उद्धार गरी उपचारका लागि काठमाडौँ पठाइएको प्रहरीले जनाएको छ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button