पोखरामा आइतबार दुई मन्त्रालय मात्रै स्थापना हुने, बाकी एउटा सोमबार (अपडेट )

डीएनबी, पोखरा न्युज , २७ माघ ।

प्रदेश नम्बर ४ मा यसअघि ४ वटा मन्त्रालय स्थपना भएसंगै आइतबार थप दुई मन्त्रालय स्थापना हुने भएको छ। आइतबार थपिएका दुई मन्त्रालयसहित प्रदेश ४ मा ६ वटा मन्त्रालय सञ्चालनमा आउने हुन् । बाँकी एक मन्त्रालय भने सोमबार स्थापना हुने तयारी गरिएको प्रदेश ४ का मुख्य सचिव लक्ष्मण अर्यालले बताए।

आर्थिक मामिला तथा योजना र सामाजिक विकास मन्त्रालय भोली आइतबार संचालनमा आउने भएकोे मुख्य सचिव अर्यालले बताए। उनका अनुसार आर्थिक मामिला मन्त्रालयका सचिव विष्णुराज ढकाल र सामाजिक विकास मन्त्रालयका सचिव कृष्णमुरारी न्यौपानेले आइतबार पदभार सम्हाल्ने भएका छन् । भौतिकपूर्वाधार विकास मन्त्रालय सम्भवत सोमबार स्थापना हुने  मुख्य सचिव अर्यालले पोखरा न्युजलाई बताए।

भौतिक पूर्वाधार मन्त्रालयका सचिव भरतप्रसाद अर्याल आइतबार पोखरा आउन नसक्ने भएकोले सोमबार मात्र उनले पदभार सम्हाल्ने भएको उनले जनाए। प्रदेश नं ४ का ७ वटा सबै मन्त्रालय सोमबार देखि सञ्चालनमाआउने भएका छन्। प्रदेशमा मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय, आन्तरिक मामिला तथा कानून, उद्योग पर्यटन वन तथा वातावरण, र भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय स्थापना भई सकेका छन्। केही मन्त्रालयमा सचिवले जिम्मेवारी सम्हालिसकेको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका प्रवक्ता झलकराम सुवेदीले बताए।

मन्त्रालयमध्ये मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय तथा आन्तरिक मामिला र आर्थिक मामिला मन्त्रालय सीप विकास केन्द्रको नवनिर्मित भवनमा स्थापित भएका छन् । उद्योग, पर्यटन र वन मन्त्रालय क्षेत्रीय वन निर्देशनालयको भवनमा, भौतिकपूर्वाधार मन्त्रालय शहरी विकास डिभिजन कार्यालयको भवनमा र सामाजिक विकास मन्त्रालय क्षेत्रीय शिक्षा निर्देशनालयको भवनमा राखिएको छ ।

मुख्यमन्त्री चयनपछि मन्त्रीहरुको समेत चयन भएपश्चात उनीहरुको सपथ ग्रहण भए लगतै विभिन्न मन्त्रालय सम्हाल्ने भएको प्रदेश नम्बर ४ का प्रदेश प्रमुख बाबुराम कुँवरले बताए।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button