पोखरामा पहिलो पटक अन्तराष्ट्रिय स्तरको साइक्लिङ प्रतयोगिता हुने

पोखरा न्युज , २८ माघ ।

पोखरामा पहिलो पटक अन्तराष्ट्रिय स्तरको साइक्लिङ प्रतियोगिता आयोजना हुने भएको छ ।

साइक्लिङ प्रतियोगिताको अन्तराष्ट्रिय मापदण्ड अनुसार चार दिन सम्म चल्ने उक्त प्रतियोगिताका सहभागी स्वदेशी तथा विदेशी खेलाडीले पोखरा लेखनाथ महानगर लगाएत कास्कीका केही गाँउपालिका क्षेत्रमा छनौट गरिएका गन्तव्यहरुमा हुने दौड पुरा गर्नेछन । कास्की जिल्ला साइक्लिङ संघको आयोजना हुने प्रतियोगितालाई पोखरा फोर स्टेज साइकल रेस को नामाकरण गरिएको छ । माघ २९ देखि फागुन ३ गते सम्म संचालन हुने प्रतियोगितामा करिब ९ वटा विदेशी खेलाडी र स्वदेशी गरि करिव ३० जना खेलाडीहरुको सहभागिता रहने छ भने करिव ६ जना महिलापनि उक्त प्रतियोगितामा सहभागी हुने संघका अध्यक्ष दिलिपराज श्रेष्ठले बताए ।

प्रतियोगितामा सहभागीताका लागि बेलायत, फ्रान्स, अष्ट्रेलिया, अष्ट्रिया, जर्मनी, स्विजरलैण्ड, अमेरीका बाट खेलाडी पोखरा आइसकेको संघका सचिव जगन विश्वकर्माले बताए । ‘यो क्रस कन्ट्रि जस्तो फरक किसिमको प्रतियोगिता हो पहिलो दिनमा खेलाडीले ४० किलिोमिटरको दुरी पार गर्नु पर्ने छ’ साइक्लिङका राष्ट्रिय खेलाडी अजय पण्डितले बताए । पहिलो दिनको खेलमा पामे वाट सुरु भइ चापाकोट, तारेभिर, भुम्दी, पुम्दी, कृस्ती, मट्टीखान, छोररेपाटन, स्तुपा, सानोताल हुँदै पुन पामेमा पुगी सकिने छ भने दोस्रो दिनको छोरेपाटन बाट सुरु गरि शिवालय, कृस्ती, मट्टि खान, ुहँदै छोरेपाटनमा पुगी सकिने छ । यसै गरि तेस्रो दिनको खेल क्षेत्र बेगनासलाई रोजिएको छ । बेगनासताल क्षेत्र बाट सुरु भएको प्रतियोगिता कालिका वेगनास हुँदै रुपाताल हुँदै बेगनासमा पुगी समापन हुनेछ भने चौथो दिनको बाटुलेचौर बाट सुरु भइ डाँड गाँउ, अर्मलाकोट, अर्मला डिही, महेन्द्रगुफा हुँदै बाटुलेचौरमा पुगी समापन हुनेछ ।

राष्ट्रिय खेलाडी अजय पण्डितका अनुसार यस प्रतियोगितामा बिजयी खेलाडीले विश्वको कुनै पनि एक स्थानमा आयोजना हुने विश्व साइक्लिङ च्याम्पियनसिपमा सहभागिता जनाउन पाउने भएकाले पनि यो प्रतियोगिताले महत्व राख्ने बताए । संघका अध्यक्ष श्रेष्ठले करिब ५ लाख खर्च लाग्ने गरि आयोजना गरिएको प्रतियोगिताले यस क्षेत्रको पर्यटन र साइकल खेलको प्रवद्र्धनमा सहयोग पुग्ने बताए । प्रतियोगितामा महिला सहित ५० वर्ष उमेरका खेलाडीको सहभागीता रहने यस प्रतियोगितामा चार वटा क्याटोगरीका हुने संघका सदस्य पुष्पकमल पौडेलले जानकारी दिए । खुल्ला पुरुष, खुल्ला महिला, माष्टर र ग्रान्ड माष्टर गरि चार वटा क्याटोगरी हुनेछन ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button