चलचित्र “शत्रु गते”को टिम पोखरामा

पोखरा न्युज – २६ फागुन ।

महजोडी हरिवंश आचार्य र मदन कृष्ण श्रेष्ठद्वारा अभिनित चलचित्र “शत्रु गते” आउदो चैत्र ९ गतेबाट देशभर प्रर्दशन हुने भएको छ । १७ वर्ष अगाडी “तँ त साह्रै नै बिग्रिस बद्री” चलचित्रमा अभिनय गरेका मह जोडिको सामाजिक ,पारिवारिक र मनोरञ्जनात्मक सिनेमा भएको निर्माण पक्षको दाबी छ ।

चलचित्र “शत्रु गते” का निर्माता एवम् कलाकार किरण केसीले चलचित्रमा ३ पुस्ते कलाकारको प्रस्तुति रहेको शनिबार पोखरा मिड  टाउनमा आयोजना भएको पत्रकार भेटघाट कार्यक्रममा बताए । निर्देशक प्रदिप भट्टराईको निर्देशनमा बनेको उक्त चलचित्र चर्चित सिने कलाकार पलशाह , आचल शर्मा, राजाराम पौडेल , शिवहरि ढुङगाना , किरण केसी ,दिपाश्री निरौलाको उपस्थिति रहेको थियो ।

उल्लेख गर्दै १७ वर्ष पछि आफुले लगानी गरेको उक्त चलचित्र कथावस्तु , अनुभवि कलाकारको अभिनय र गीत संगीतको कारण सफल हुनेमा ढुक्क भएको बताए ।

प्रेम र हास्य प्रधान चलचित्रलाई दर्शकले अत्याधिक मन पराएको बताउदै निर्देशक एवम उक्त चलचित्रकी कलाकार दिपाश्री निरौलाले “शत्रु गते” हास्य , रोधन , प्रेम सहित समग्र प्याकेजको चलचित्र भएको बताईन । आफुले आधार गरेका व्याक्तिको अपोजिटमा रहेर काम गर्नुको मज्जा, चुनौती सहित रमाईलो अनुभुति उनले साटिन् ।

चलचित्रका अर्का कलाकार शिवहरि ढुङगानाले जसरी दर्शकले आफु अभिनित “छक्कापञ्जा” र “छक्कापञ्जा २” मा क्यारेकटर मन पराईदिनु भएको थियो त्यसरीनै “शत्रु गते”मा पनि दर्शकको माया पाउनेमा विश्वस्त रहेको बताए । कलाकार राजाराम पौडेले पनि समर्थन जनाउदै दर्शकलाई हल सम्म गएर नेपाली चलचित्रलाई माया गर्न आग्रह गरे ।आचल शर्माले आफ्नो टिमले अग्रज पुस्तासंग फिल्म खेल्न पाएकोमा खुसि व्यक्त गरिन । उनले फरक प्रशंगमा आफु हाल सानै भएकोले अझै ५ बर्ष अगाडी विवाहको कुनै कुरै नगर्ने बताइन । आपको जोडीको उपाधि पाएका पल साह र शर्माले आफुहरु फिल्म लाईनमा राम्रो गर्ने बताए ।

यस्तै चलचित्रमा युवा पिडिको भुमिका निर्वाह गरेका पल र आचलले पनि चैत्र ९ गतेनै सबै कुरा थाहा हुने हुदा उक्त चलचित्र हेर्न आग्रह गरे । हरिवंश आचार्य र मदन कृष्ण श्रेष्ठ भने व्यस्तताले कार्यक्रममा उपस्थित थिएनन् । मह सञ्चारको प्रस्तुतिमा टंक बुढाथोकी र काली प्रसाद बास्कोटाको संगीत रहेको “शत्रु गते” मा मदन कृष्ण श्रेष्ठ , हरिवंश आचार्य , किरण केसी , शिवहरि ढुङगाना , राजाराम पौडेल , दिपाश्री निरौला , पल शाह , आचल शर्मा सहित दिपक राज गिरि , बसुन्धरा भुषाल , प्रियंका कार्की लगायतका कलाकारको अभिनय रहेको छ । चलचित्र पत्रकार संघ कास्कीका अध्यक्ष रेम विकको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको हो ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button